Comments Add Comment

युएईको नेपाली दूतावासले निकाल्यो ५१ मानव तस्करको नामावली (सूचीसहित)


१९ भदौ, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)को नेपाली दूतावासले अवैधानिक रुपमा नेपाली कामदार ओसारपसार गर्ने ५१ जना एजेन्टहरुको नाम सार्वजनिक गरेको छ । कामदारको शोषण र तस्करी गरेको आरोप लागेका दलाल, मानवतस्कर, म्यानपावर र ट्राभल एजेन्सीको नाम सार्वजनिक भएको हो ।

विभिन्न प्रलोभनमा झुक्याएर पर्यटक भिषामा नेपालीहरुलाई युएई लैजाने गरिएको छ । जागिर लगाई दिने र खोज्ने प्रयोजनका लागि भन्दै दलालहरूले मोटो रकम उठाएर कामदार त्यहाँ पुर्‍याइन्छ ।

तर, भिषा म्याद समाप्त हुनु अगावै देश नछोड्ने र काम पनि नखोजिदिने लगायत कारणहरूले समस्याहरू बढ्दै गएको दूतावासले जनाएको छ । महिलाहरूलाई भिजिट वा कामदार भिषामा लगेर घरेलु कामदारका रूपमा काम गराउने गरिएको छ ।

यसले महिलाहरू झन धेरै समस्यामा पर्ने गरेका छन् । यसका कारण दूतावासले धेरैलाई उद्दार गरेर नेपाल फर्काएको छ । यस्तो अवैधानिक मानव तस्करीमा संलग्नहरुको सूची दूतावासले सार्वजनिक गरेको हो । दूतावासले ३८ जना पुरुष र ३३ जना महिलालाई उद्दार गरेर नेपाल फर्काएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment