Comments Add Comment

मोबाइलबाट यसरी गर्नुहोस् नेपालीमा टाइप

आजकल स्मार्टफोन सवैभन्दा सहज र सर्वसुभल ग्याजेट भइसक्यो । यसको अर्थ अब तपाइले सामाजिक सञ्जालमा स्टाटस लेख्न, इमेल लेख्न वा भिडियो हेर्न कम्प्युटर नै खोज्नु पर्दैन ।

तर, अंग्रेजी भाषाको ज्ञान नहुने वा नेपाली भाषामै लेख्न खोज्नेहरुलाई मोबाइलबाट नेपालीमा टाइप गर्न सहज मान्दैनन् । त्यसैले धेरैले स्टाटस वा इमेल रोमनमा लेख्ने वा अनलाइन रुपान्तर टुल प्रयोग गर्छन् ।

यदि तपाइ एन्ड्रोइड स्मार्टफोन चलाउनुहुन्छ भने नेपालीमा सजिलै टाइप गर्न मात्र हैन, बोलेको कुरा स्वतः टाइप गराउन पनि एकदमै सहज छ । मात्र तपाइले आफ्नो स्मार्टफोनको किबोर्ड सेटिङमा केही परिवर्तन गर्नुपर्छ ।

नेपालीमा टाइप गर्नका लागि अनिवार्य सर्त हो- नेपाली भाषाको किबोर्ड । एन्ड्रोइड अपरेटिङ सिस्टमबाट चल्ने जुनसुकै स्मार्टफोनमा तपाइले सजिलै किबोर्डको भाषा परिवर्तन गरी अंग्रेजीबाट नेपालीमा लैजान सक्नुहुन्छ । नेपालीमा भाषामा किबोर्ड भएपछि नेपाली टाइपिङ सहज हुन्छ ।

अर्को बिधि भनेको कुनै एपको प्रयोग गरेर पनि तपाइले आफ्नो मोबाइलको किबोर्ड सेटिङ परिवर्तन गर्न सक्नुहुन्छ । त्यसका लागि धेरै भाषामा उपलब्ध एप गुगल किबोर्ड अर्थात जीबोर्ड हो । जीबोर्डमा तपाइले नेपाली टाइप गर्नेमात्र हैन, बोलेको कुरा लेख्ने सुबिधा पनि पाउनुहुन्छ ।

यदि तपाइलाई एन्ड्रोइड स्मार्टफोन किबोर्ड परिवर्तन गर्ने तरिका थाहा छैन भने हामी यहाँ केही सजिलो स्टेपहरु बताउँदै छौं ।

स्टेप १ 
सवैभन्दा पहिले एन्ड्रोइडको सेटिङ अप्सनमा जानुहोस् । त्यहाँ तपाइले ल्याङग्वेज एन्ड इन्पुट अप्सन देख्नुहुने छ । त्यहाँ क्लिक गरेपछि ‘एड इनपुट ल्याङग्वेज’ अप्सन क्लिक गर्नुहोस् ।

 

स्टेप २

अब तपाइले बिभिन्न भाषाहरुको सूची देख्नुहुनेछ । तपाइको मोबाइलमा पहिले नै डाउनलोड भइसकेका भाषाहरुको सूची पहिले देखिन्छ भने उपलब्ध भाषाहरु तर, डाउनलोड गर्न बाँकीको सूची त्यसपछि । यी भाषाको सूचीको अन्त्यतिर नेपाली भाषाको सूची छ । त्यसलाई क्लिक गरी डाउनलोड गर्नुहोस्

स्टेप ३

डाउनलोड गरिसकेपछि नेपाली भाषाको नाम पनि डाउनलोड भएका भाषाको सूचीमा देखिन्छ । अब नेपाली भाषालाई इनेबल गर्नुहोस् । यसअघि डिफल्टमा भएको अंग्रेजी र अहिले तपाइले इनेबल गरेको नेपालीसहित अब तपाइको मोबाइल किबोर्डमा दुई भाषा इनेबल भए ।

 

स्टेप ४
अब तपाइ कुनै पनि एप जहाँ तपाइले नेपालीमा टाइप गर्नुपर्ने हो त्यहाँ जानुहोस् । उदाहरणका लागि फेसबुक, ट्वीटर वा जीमेलका एपहरु । त्यहा टाइप गर्न खोज्दा आउने किबोर्डमा स्पेशको छेउमा रहेको पृथ्वीको जस्तो चिन्हलाई क्लिक गर्नुहोस् । त्यहाँ तपाइले नेपाली भाषा छानेपछि किबोर्डमा नेपाली भाषा एक्टिभ भयो । अब तपाइले नेपालीमा टाइप गर्न सक्नुहुनेछ ।

 

यदि तपाइले जीबोर्ड एपमार्फत् नेपालीमा टाइप गर्न चाहानुहुन्छ भने गुगल प्लेस्टोरमा गई जीबोर्ड एप डाउनलोड गर्नुहोस् । एप इन्स्टल गर्दा डिफल्ट सामसुङ किबोर्डको सट्टा गुगल किबोर्ड प्रयोग गर्ने अप्सन इनेबल गर्नुहोस् ।

अब तपाइले कुनै पनि एपमा टाइप गर्दा देखिने किबोर्डको भाषा अप्सन क्लिक गरी नेपाली छनौट गर्न सक्नुहुन्छ । यो एपमार्फत् तपाइले बोलेको कुरा पनि स्वतः टाइप हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment