Comments Add Comment

जितपुर सिमरा उपमहानगरमा एमालेकी दलित महिला सदस्य निर्विरोध

२२ भदौ, बारा । प्रदेश नम्बर २ का १३६ स्थानीय तहकाको निर्वाचनका लागि बुधवार भएको उम्मेदवारी दर्ता रातिसम्म चलेकाले उम्मेदवारको नामावली प्रकाशन अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

यसैबीच बाराको जितपुर सिमारा उपहानगरपालिका वडा नम्बर २४ मा एक दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन् ।

नेकपा एमालेकी उम्मेदवार आलमती देवी निर्विरोध भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अन्य दलबाट उम्मेदवारी नपरेपछि आलमतिलाई निर्विरोध घोषित गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment