Comments Add Comment

स्वेताको साथले अनुलाइ उठ्ने मौका


नायिका स्वेता खड्काको निर्माण तथा अभिनयमा तयार भैरहेको चलचित्र ‘कान्छी’को हाल धमाधम छायांकन भैरहेको छ । मुस्ताङमा छायांकन भैरहेको यो चलचित्रलाइ आकाश अधिकारीले निर्देशन गरिरहेका छन् । नायक दयाहाङ राइ चलचित्रमा स्वेताको जोडीको रुपमा देखिएका छन् ।

यो चलचित्रमा नायिका अनु शाहको पनि मुख्य भूमिका छ । गाउँकी ‘कान्छी’को साथीको भूमिकामा अनु देखिएकी छिन् । हुनत, अनुले गरिरहेको भूमिका सुरुवातमा नायिका नम्रता सापकोटाले गर्ने पक्का भएको थियो । तर, नम्रताले चलचित्र ‘समर लभ’का लागि भन्दै ‘कान्छी’ छाडेपछि अनुका लागि यो चलचित्र चिठ्ठा नै परेजस्तो भएको थियो ।

चलचित्र करिअरमा निरन्तर ओरालो लागेको समयमा अनुका लागि ‘कान्छी’ विशेष हुनसक्छ । नायिका स्वेता खड्काको चलचित्रले एक प्रकारको हाइप पाउने त पक्का छ । अनुलाइ ‘कान्छी’ फेरि चलचित्र करिअरमा उठ्ने मौका हुने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment