Comments Add Comment

अब फेसबुकमा रंगीन कमेन्ट

फेसबुकले अहिले एक नयाँ फिचरको परीक्षण गरिरहेको छ । यसमा रंगीन पृष्ठभूमियुक्त स्टाटसजस्तै रंगीन पृष्ठभूमिवाला कमेन्ट समेत पोष्ट गर्न सकिन्छ ।

यस फिरचमा प्रयोगकर्ताका कमेन्ट्स एक रंगीचंगी फोकाहरुको रुपमा देखिनेछन् । जबकी हालसम्म कमेन्ट्स सेतो पृष्ठभूमिमा मात्र लेख्न सकिन्छ ।

द नेक्स्ट वेबमा छापिएको रिपोर्ट अनुसार केही प्रयोगकर्ताहरुलाई फेसबुकले यस्तो रंगीन कमेन्ट गर्ने अवसर उपलब्ध गराएको छ परीक्षणका रुपमा । यसमा प्रयोगकर्ताले पृष्ठभूमिको रंग आफुले चाहने अनुसार बदलेर कमेन्ट ठोक्न सक्दछन् ।

स्मरण रहोस् फेसबुकले गत डिसेम्बरमा एन्ड्रोइड प्लाटर्फममा रंगीन पृष्ठभूमिवाला स्टाटस पोष्ट गर्न सकिने फिचरको सुरुवात गरेको थियो । त्यसपछि फेसबुकले अन्यमा पनि यस्तो फिचर थप गर्यो ।

अहिले परीक्षण गरिरहेको रंगीन कमेन्ट्सवाला फिचरलार्य चाहीँ फेसबुकले कुन कुन प्लाटर्फममा ल्याउनेछ भन्ने केही खुलेको छैन ।

फेसबुकले हालै ह्वाट्सएपमा पनि रंगीन पृष्ठभूमिमा टेक्स्ट स्टाटस अपडेट गर्ने फिचर लागू गरेको थियो ।

फेसबुकका प्रवक्ताले रंगीन स्टाटसको फिचर सुरु गर्ने विषयमा फेसबुकले परीक्षण गरिरहेको पुष्टि गरेका छन् ।

समाचार अनुसार फेसबुकका स्टोरी फिचर छिटै इन्स्टाग्रामसँगै मर्ज गर्न सकिनेछ । अर्थात् जुन सामाग्री तपाइँले इन्स्टाग्राममा हाल्नुहुन्छ त्यसलाई फेसबुकमा समेत हाल्नसक्ने विकल्प तपाइँलाई उपलब्ध हुनेछ ।

यद्यपि इन्स्टाग्रामका प्रवक्ताले यस्तो मर्जरको विषयमा केही बताउन चाहेनन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment