Comments Add Comment

पुष्पलाल चोक नजिकै आगलागी हुँदा पाँच वटा पसल नष्ट


नेपालगञ्ज । सुर्खेतरोडमा आइतबार साँझ आगलागी हुँदा ५ वटा पसल जलेर नष्ट भएका छन् । आगलागीबाट करिब ५१ लाखको क्षतिभएको प्रारम्भीक अनुमान छ ।

पुष्पलाल चोकदेखि २ सय मिटर उत्तरमा रहेको मोटरसाईकल ग्यारेजबाट सुरु भएको आगोले संगै रहेका अन्य ५ पसल जलेर नष्ट भएको हो ।

स्थानीय अरुणकुमार श्रेष्ठको घरमा रहेको अम्बे अटो पाटर्समा मोटरसाईकल रिपेरिङ्ग गर्दैगर्दा सल्केको आगोले रितु किराना पसल, न्यू सुर्खेती रेष्टुरेन्ट, बराल रिकन्डिशन हाउस र अन्सारी अल्मुनियम डेकोरेशन समेतलाई जलेर नष्ट भएको छ ।

आइतबार दिउसो करिव साढे ४ बजेतिर भएको आगो करिब १ घण्टापछि नेपालगञ्ज उप-नगरपालिका र कोहलपुर नगरपालिकाको दुईवटा दमकल, प्रहरी, सशस्त्र प्रहरी स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङ्गले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment