Comments Add Comment

एनसीडीको १२० प्रतिशत हकप्रद आउने


२५ भदौ, काठमाडौं । नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको १ सय २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।

बैंकले रुपन्देही, नवलपरासी र चितवनमा रहेका १० वटा शाखा र विस्तारित शाखा कार्यालयहरु मार्फत २३ हजार बढि निक्षेपकर्तालार्ई एटिएम, सन्ध्याकालिन, लकर, निशुल्क एबिबिएस, इलेक्ट्रोनिक चेक क्लियरिङ लगायतका सुविधा दिइरहेको छ ।

३ सय ६५ दिने बैकिङ सेवा प्रदान गर्दै आएको बैंकको अधिकृत पूँजी ६० करोड र चुक्ता पूँजी २२ करोड २ लाख रहेको छ । १ अरब ८० करोड निक्षेप संकलन र १ अरब ६० करोड कर्जा लगानी गरेको बैंकमा निष्कृय कर्जा ०.५१ प्रतिशत रहेको छ । बैंकले गत असारसम्ममा रु. ५ करोड ६७ लाख संचालन मुनाफा गरेको छ ।

हकप्रद सेयर जारी पछि पनि नेपाल राष्ट्र बैंकले तोकेको पूँजी नपुग्ने भएपछि बोनस सेयर दिएर पुर्याउने भएको छ । बैंकले अघिल्लो पटक हकप्रद सेयर निष्कासन गर्दा उठेको प्रिमियम आम्दानीवाट पनि वोनस सेयर दिएर पूँजी पुर्याउने प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment