+
+
Shares

विराटनगर महानगरमा झण्डै साढे तीन अर्ब बजेट प्रस्ताव

पहिलो सन्तान छोरी जन्मे अभिभावकलाई तीन हजार

ध्रुव भट्टरार्इ ध्रुव भट्टरार्इ
२०७४ भदौ २५ गते १८:४१
प्रस्तावित बजेट तथा कार्यक्रमको बारेमा जानकारी दिदै मेयर भिम पराजुली ।

२५ भदौ,विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष २०७४/०७५ का लागि तीन अर्व ३८ करोड ८९ लाख २१,००० को अनुमानित बजेट प्रस्ताव गरेको छ ।

पहिलो नगर परिषद्बाट महानगरतर्फ एक अर्ब ७४ करोड ८९ लाख २१,००० तथा मझौला शहर एकीकृत सहरी विकास सुधार परियोजनातर्फ एक अर्व ६४ करोड गरी चालु आर्थिक वर्षका लागि अनुमानित बजेट पारित गरेको हो ।

महानगरले आइतबार पत्रकार सम्मेलन गरी आन्तरिक श्रोतबाट २७ करोड १४ लाख ४० हजार राजश्ववाट २ करोड २५ लाख, नेपाल सरकार वित्तीय समानिकारण अनुदान ५४ करोड ६१ लाख ५१ हजार, नेपाल सरकारको स-र्सत अनुदानबाट ३१ करोड ५४ लाख ४१ हजार, वैदेशिक अनुदान ३ करोड ५४ लाख ५० हजार जनसहभागिताबाट ३ करोड २० लाख ९८ हजार आयआर्जन हुने अनुमान गरिएको जानकारी दिएको छ ।

महानगरका मेयर भिम पराजुलीले पारित बजेटका लागि नगरविकास कोष ऋण सहयोग ५ करोड, नगरपालिका मौजाद १७ करोड ८७ लाख आयआर्जन हुने जानकारी दिए ।

उनले महानगरपालिकाले नगरपालिकातर्फको चालु खर्चका लागि जम्मा बजेट मध्ये २० करोड ८६ लाख ९८ हजार रुपैयाँ विनियोजित भएको बताए ।

यस्तै नेपाल सरकारबाट प्राप्त अनुदानवाट विषयगत कार्यालयको चालु खर्च तर्फ २६ करोड ७१ लाख ४१ हजार विनयोजन गरेको छ ।

महानगरपालिकाले समाजिक सुरक्षा भत्तातर्फ २० करोड, भौतिक पूर्वाधानर निमार्णका लागि ९२ करोड ५१ लाख ५२ हजार, वातावरण सरसफाइ तथा विपद् व्यवस्थापनका लागि ३ करोड २३ लाख, समाजिक विकास एंव लक्षित कार्यक्रमका लागि ११ करोड ५६ लाख २९,५७० रुपैयाँ विनियोजित गरेको छ ।

पहिलो सन्तान छोरी जन्मे अभिभावकलाई तीन हजार

यस्तै विराटनगर महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा छोरी बचाए अभियान अन्तर्गत पहिलो सन्ता छोरी जन्माउने अभिभावकहरुलाई तीन हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

अभिभावकहरुलाई प्रोत्साहन गर्नका लागि तीन हजार दिने निर्णय गरिएको मेयर पराजुलीले बताए ।

त्यस्तै ९० वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिकलाई सम्मान स्वरुप एक हजार थप भत्ता प्रदान गर्ने निर्णय पनि नगरपरिषद्ले गरेको छ ।

बजेट नितितथा कार्यक्रम अन्र्तगत विराटनगरमा संचालित संचारमाध्यमहरुलाई दिदै आएको सेवा सुविधामा वृद्धि गरेको छ ।

शैक्षिक प्रगतिका लागि दुई सामुदायिक विद्यालय तथा एक मदरसालाई छनौट गरी एक करोड ५० लाख रुपैयाँ छुटयाएको छ । नहरलाई वाइपासको रुपमा विकास गर्न एक करोड रुपैयाँ विनियोजित गरेको छ ।

यसैगरी महानगरापकिालकाले भौतिक उपकरण खरिदका लागि दुई करोड रुपैयाँ छुट्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?