Comments Add Comment

बुद्ध सर्किटलाई पाकिस्तान र श्रीलंकासम्म जोड्न राजदूत उपाध्यायको आग्रह

पाकिस्तान र अफगानिस्तानद्वारा तक्षशिला, बामियानलगायत बुद्धस्थलको प्रवर्द्धनमा जोड

२९ भदौ, नयाँदिल्ली । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपाल र भारतका बुद्धस्थललाई पाकिस्तान र श्रीलंकासम्म जोड्न आग्रह गरेका छन् ।

विहारको बोधगयाबाट नेपालका कपिलवस्तु र लुम्बिनीसम्मको बुद्ध सर्किटलाई पाकिस्तान र श्रीलंकाका बुद्धस्थलसँग जोड्नुपर्ने उनको भनाइ छ ।

‘बुद्धको शान्ति सन्देश एसियाकै ऐक्यवद्धताका लागि गतिलो औजार हो,’ उपाध्यायले भने ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध र रामायण सर्किटको विकासमा जोड दिँदै आएका छन्, जुन नेपाल र भारतबीचको सदियौं पुरानो धार्मिक र पर्यटकीय सम्बन्धलाई पुनर्जागृत गर्ने मौका भएको मोदीको भनाइ रहिआएको छ ।

भारतले निर्माण गरेको बुद्ध सर्किटमा बोधगया, वैशाली, राजगिर, कुसीनगर, सारनाथ र श्रवस्ती समेटिएका छन् । ती सबैलाई नेपालमा पर्ने बुद्ध जन्मस्थल लुम्बिनी र कपिलवस्तुसँग जोड्नुपर्ने मोदीले बताउँदै आएका छन् ।

राजदूत उपाध्यायका अनुसार हालै सम्पन्न सार्क कार्यदलको बैठकमा पाकिस्तान र अफगानिस्तानले आफ्ना बुद्धस्थलको प्रबर्द्धनको विषय उठान गरेका थिए । पाकिस्तानमा बुद्धस्थल तक्षशिला र गान्धार पर्छन् । यस्तै, अफगानिस्तानमा बामियान पर्छ । बक्त्रिया, हिन्दुकुश र पञ्जाब क्षेत्रमा यस्ता धेरै बुद्धस्थल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment