Comments Add Comment

एप्पल एट र एट प्लसः के-के छन् फरक ?

एप्पलले आफ्नो दशौँ वर्षगाँठ स्मार्टफोन एप्पल एक्ससँगै आफ्ना नियमित नयाँ संस्करणका दुई स्मार्टफोन, आइफोन एट र एट प्लस सार्वजनिक गरेको छ ।

विद्यमान आइफोन सेभेन र सेभन प्लसका ‘सक्सेसर्स’ को रुपमा रहेका एट र एट प्लसको प्रि अर्डर सेप्टेम्बर १५ देखि सुरु हुनेछ भने सेप्टेम्बर २२ मा बजारमा उपलब्ध हुनेछन् ।

सानो आकारको आइफोन ८ को साइज ४.७ इन्चको हुने छ भने आइफोन ८ प्लस ५.५ इन्चको साइजमा उपलब्ध हुने छ । दुवैमा रेटिना एचडी डिस्प्ले छ । यसमा कम्पनीको सवैभन्दा आधुनिक ए११ चिप प्रयोग गरिएको छ । यो चिप ए१० भन्दा भन्दा ७० प्रतिशत फास्ट रहेको छ जुन आइफोन ७ सेरिजमा प्रयोग गरिएको थियो ।

आइफोन ८ मा एउटा १२ मेगापिक्सेलको क्यामेरा प्रयोग गरिएको छ भने ८ प्लसमा दुइवटा क्यामेरा छन् । यी दुवैमा वायरलेस चार्जिङले सपोर्ट गर्छ भने लिल्भर, स्पेश ग्रे र गोल्ड गरी तीनवटा रंगमा उपलब्ध हुनेछन् ।

एप्पलले एकैसाथ अाइफोन ८, ८प्लस र अाइफोन १० सार्बजनिक गरेपछि धेरैको ध्यानचाहिँ अाइफोन १० तिर गएको देखिन्छ । अाइफोनको नियमित अपडेटका रूपमा अाएका अाइफोन ८ सेरिजमा केके फिचर छन ?

आखिर आइफोन एट र एट प्लसमा के-के फरक छन् त ? हेर्नुहोस् इन्फोग्राफिक्समा-

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment