+
+

ओलीलाई प्रचण्डको जवाफः रुकुममा असली लोकतन्त्र आएको छ

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ३१ गते १७:०५

३१ भदौ, रुकुम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रुकुममा असली लोकतन्त्र आएको टिप्पणी गरेका छन् ।

पूर्वी रुकुमको रुकुमकोटमा शनिबार आयोजित जनसभालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले रुकुमेली जननताले सिङ्गो नेपाललाई उत्साहित वनाएको बताए । उनले भने, विपक्षीहरुले रुकुममा लोकतन्त्र नआएको भन्छन् । तर, म भन्छु रुकुममा असली लोकतन्त्र आएको छ ।’

रुकुमका सबै स्थानीय तह माओवादी केन्द्रले जितेको छ । चुनावी परीणाम सार्वजनिक भएपछि एमाले अध्यक्ष ओलीले रुकुममा अझै लोकतन्त्र आएको रहेनछ भनेर टिप्पणी गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड आफूहरुले चलाएको जनसत्ताको वैधानिक रुप नै अहिलेको स्थानीय सरकार भएको बताए । ‘कसैले माने पनि नमाने पनि यी -स्थानीय तह) हिजोका जनसत्ता नै हुन्’ उनले भने, तपाईहरु राम्रोसँग वुझ्नु होला । अनि काम पनि त्यसरी नै गर्नुहोला ।’

पहिलो संविधानसभामा पहिलो पार्टी रहेको माओवादीले आफ्नै अहंकारले तेस्रो बनेको बताउँदै उनले भने, ‘अहिले तपाईहरुले स्थानीय सरकार चलाइरहनु भएको छ, दम्भ नदेखाउनु होला ।’

आफू मधेसको चुनावी अभियानबाट आएको भन्दै प्रचण्डले मधेस अहिले माओवादीमय भएको दाबी गरे । उनेल भने, ‘पार्टी एकता भएदेखि सकारात्मक सन्देश गएको छ, तपाईहरु पनि त्यसरी नै जुट्नुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?