Comments Add Comment

प्रधानमन्त्री देउवाले शनिबार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने

१ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी शनिबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन प्रधानमन्त्री देउवा मंगलबार न्यूयोर्क प्रस्थान गर्नेछन् ।

उनले शनिबार महासभालाई सम्बोधन गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यही दिन राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई भेट्नेछन् ।

महासभा बैठकका क्रममा प्रधानमन्त्री देउवाले बिहीबार अफगान राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेना, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र पाकिस्तानका प्रधानमन्त्री शहिद खाकान अब्बासीसँग छुट्टा छुट्टै भेटवार्ता गर्नेछन् ।

महासभामा भाग लिन उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महारा आइतबार नै न्यूयोर्क गइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment