Comments Add Comment

१२ वर्षीया बालिकाले बच्चा जन्माएर झाडीमा फ्याँकेपछि…

सुन्दैमा अपत्यारिलो तथा कहालीलाग्दो घटना चीनमा भएको छ । जसले मानवतालाई नै लज्जित बनाएको छ । यो मामिलामा कसलाई दोष दिने ? जवाफ दिन गाह्रो छ । चीनको यिबिन सहरमा एक १२ वर्षीया बालिकाले बच्चा जन्माइन् अनि जन्माएको बच्चालाई झाडीमा फ्याँकिन् ।

ती १२ वर्षे बालिका असहाय थिइन् । उनलाई बाबु–आमाले छाडेका थिए । स्थानीय पुलिसका अनुसार बालिकाको त्यहीँ अवस्थाको कसैले फाइदा उठायो र उनलाई बलात्कार गरी गर्भवती बनायो ।

यसरी बलात्कृत भएपछि गर्भ रहन्छ र बच्चा जन्मिन्छ भन्ने कुरा बालिकालाई थाहा थिएन, त्यसैले उनले आफुलाई कसैले बलात्कार गरेको कुरा कसैलाई भनिनन् ।

अन्ततः ५ कक्षामा पढ्ने ती बालिकाले बच्चा जन्माइन् र कसैलाई पनि नभनीकन झाडीमा फ्याँकिन् ।

तर केही मानिसले त्यो बच्चा देखे । बच्चालाई तत्कालै अस्पताल लगियो । पुलिसले बच्चाको आमाको खोजी गर्यो । अन्ततः ती १२ वर्षे बालिकाले बच्चा जन्माएको पत्ता लाग्यो ।

समाचार अनुसार, सहरका मानिसहरुले उक्त बच्चाको उपचारका लागि धनदान गरिरहेका छन् । आमा र बच्चा दुबै स्वस्थ भएसँगै उनीहरुलाई अनाथाश्रम पठाइनेछ । यी बालिका आमालाई कसले गर्भवती बनाएको हो भन्ने कुराको खोजी पुलिसले गरिरहेको जनाएको छ ।

स्मरण रहोस्, चीनमा झण्डै ९० लाख बालबालिकालाई उनका बुवाआमाले छाडेका छन् । बुवाआमा जागिरको खोजीमा अन्यत्र जाँदा बालबालिका असहाय हुने गरेका छन् । कतिपय बच्चालाई घरका अन्य सदस्यले पालेका हुन्छन् त कतिपय असहाय नै हुन्छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment