एप्पलले अपरेटिङ सिस्टम आइओएसको पछिल्लो भर्सन आइओएस ११ ल्याएको छ । मंगलबार रातिदेखि एप्पलले प्रयोगकर्ताका लागि आइओएस ११ उपलब्ध गराएको हो ।
नयाँ भर्सनका साथमा विभिन्न नयाँ फिचर्स पनि रहेका छन् । आइओएस ११ डाउनलोड गरी आइफोन प्रयोगकर्ताले नयाँ फिचर्सको मज्जा लिन सक्नेछन् ।
यो वर्षको आफ्नो वार्षिक सम्मेलनमै एप्पलले नयाँ अपरेटिङ सिस्टम ल्याउने घोषणा गरेको थियो ।
सोहीबमोजिम अहिले यो नयाँ संस्करण जारी गरिएको हो । अहिलेका लागि आइओएस ११ को परीक्षणका लागि यसको प्रि–रिलिज भर्सन जारी गरिएको बताइएको छ । केवल बेटा टेस्टर्सका लागि पनि यो उपलब्ध छ । छिट्टै नै आइओएस ११ को अन्तिम संस्करण उपलब्ध गराउनेछ एप्पलले । यद्यपि, कतिपय आइफोनमा भने आइओएस ११ ले काम गर्नेछैन । आइओएस ११ उपलब्ध रहेका डिभाइस यी हुनुः
आइफोन सेभेन
आइफोन सेभेन प्लस
आइफोन सिक्स एस
आइफोन सिक्स एस प्लस
आइफोन सिक्स
आइफोन सिक्स प्लस
आइफोन एस इ
आइफोन फाइभ एस
आइप्याड प्रो, २०१७
आइप्याड प्रो २०१५
आइप्याड प्रो १०.५ इन्च
आइप्याड प्रो ९.७ इन्च
आइफोन एयर टू
आइप्याड एयर
आइप्याड ५
आइप्याड ४
आइप्याड मिनी फोर
आइप्याड मिनी टू
आइप्याड टच सिक्स
आइओएस ११ मा के के छन् फिचर्स ?
अगमेन्टेड रियालिटी
यो अपरेटिङ सिस्टमलाई अगमेन्टेड रियालिटीले निकै उत्कृष्ट बनाएको छ । यसका लागि छुट्टै अगमेन्टेड रियालिटी सिस्टम आवश्यक हुनेछैन, त्यो फिचर इनबिल्ट प्राप्त हुनेछ ।
लाइभ फोटो इफेक्ट्स
यो भर्सनमा लाइभ फोटोलाई उत्कृष्ट बनाउनका लागि निकै सुधार गरिएको छ । यसमा तपाईंले फ्रेम सेट गर्नुपर्नेछ । त्यसपछि लाइभ फोटोका लागि इफेक्ट उपलब्ध हुनेछ । यसमा लाइभ फोटोलार्य लिएर भिडियो पनि बनाउन सकिनेछ ।
एप स्टोरको नयाँ डिजाइन
नयाँ भर्सनको एप स्टोरको डिजाइनमा निकै परिवर्तन गरिएको छ । यसमा नयाँ कलेक्सन्स, डेली लिष्टका साथसाथै विभिन्न कामहरुका गर्नका लागि ट्युटोरियल्स पनि उपलब्ध हुनेछन् ।
लक स्क्रिन तथा कन्ट्रोल सेन्टर
यो भर्सनमा नोटिफिकेसन्स तथा लक स्क्रिनलाई एकत्रित गरिएको छ । यसमा सेटिंग्स तथा फिचर्सलाई प्राप्त गर्नका लागि थ्री डी टच फिचर राखिएको छ ।
सिरीमा सुधार
नयाँ भिजुअल इन्टरफेसको साथमा सिरीमा सुधार भएको छ । यसमा महिला तथा पुरुषको आवाजलाई अझै बढि प्राकृतिक बनाउने कोसिस गरिएको छ । साथै यसले प्रयोगकर्ताको कमान्डलाई विभिन्न भाषामा अनुवाद पनि गर्नेछ । साथै यसले सर्च हिस्टीको हिसाबले प्रयोगकर्तालाई मेल, मेसेज तथा अन्य एपमा पनि सुझाव दिनेछ ।
एजेन्सी