Comments Add Comment

महेन्द्रसिंह धोनी भारतको तेस्रो ठूलो पद्म भूषण अवार्डका लागि सिफारिस

४ असोज, काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई देशकै तेस्रो ठूलो नागरिक पुरस्कार पद्म भुषणका लागि सिफारिस गरेको छ ।

बीसीसीआईका एक वरिष्ठ अधिकारीले पुष्टि गरेका छन् कि क्रिकेट खेलमार्फत गरेको योगदानका लागि धोनीलाई यस वर्षको पद्म भुषण अवार्डका लागि सिफारिस गरिएको छ । भारतका अहिलेसम्मका सफल कप्तान धोनीलाई यस अवार्डमा सिफारिस गर्न बीसीसीआईमा दुई मत देखिएन ।

‘धोनीलाई हामीले सर्बसम्मत रुपमा पद्म भुषणका लागि सिफारिस गरेका छौं । समकालीन क्रिकेटमा उनी एक ठूलो नाम हुन् र बीसीसीआईको उपयुक्त रोजाई पनि हुन् ।’ बीसीसीआईका कार्यबाहक अध्यक्ष सिके खन्नालाई उदृत गरी टाइम्स अफ इण्डियाले लेखेको छ ।

धोनी अहिलेसम्म विवादमुक्त छन् र उनी भारतलाई एकदिवशीय र ट्वान्टी ट्वान्टी दुवै विश्वकप जिताउने एकमात्र भारतीय कप्तान हुन् ।

खन्नाले भने, ‘उनी हाम्रा वरिष्ठ एकदिवशीय क्रिकेटरमध्ये एक हुन् जसले एकदिवशीय खेलमा १० हजार रन पूरा गरेका छन् । र ९० टेष्ट म्याच खेल्ने पनि धेरै छैनन् । उनको बिकल्पमा अहिले कोही देखिएन जो यस पुरस्कारको हकदार होउन् ।

बीसीसीआईले यस वर्ष पद्म पुरस्कारका लागि अन्य कुनै नाम पठाएको छैन । ३६ वर्षीय क्रिकेटर धोनीले ३०२ एकदिवशीय खेलमा ९ हजार ७३७ रन बनाएका छन् भने ९० टेष्टमा ४८७६ रन बनाएका छन् । उनले ७८ टि-ट्वान्टीमा १२१२ रन बनाएका छन् ।

भारतका लागि उनले १६ शतक(१० एकदिवशीय र ६ टेष्ट) प्रहार गरेका छन् । त्यस्तै १०० अर्धशतक प्रहार गरेका छन् ।

धोनीले प्रतिष्ठित अर्जुन, राजीव गान्धी खेल रत्न र पद्म श्री अवार्ड यसअघि नै पाइसकेका छन् ।

यदी धोनीले पद्म भुषण पाए भने यस पुरस्कार पाउने उनी एघारौं भारतीय क्रिकेटर बन्नेछन् । पद्म भुषण पाउने अन्य भारतीय क्रिकेटरहरुमा सचिन तेन्दुलकर, कपिल देव, सुनील गावस्कर, राहुल द्रविड, चन्दू बोर्डे, प्रो डीबी देवधर, कर्नेल सिके नायडू र लाला अमरनाथ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment