Comments Add Comment

कलैया उपमहानगरपालिकामा संघीय फोरमको अग्रता

४ असोज, बारा। प्रदेश नम्बर दुईका तीन मध्ये एक उपमहानगर बाराको कलैयामा संघीय समाजवादी फोरमका उम्मेदवारले अग्रता लिएका छन् ।

मतगणनाको सुरुवाती चरणमा अग्रता लिएका फोरमका उम्मेदवार प्रमोदप्रसाद गुप्ता बीचमा एमालेका उम्मेदवार बिनोद साहसँग पछि परेका छन् ।

तर पछिल्लने अपडेट अनुसार गुप्ताले करिव २०० मतको अग्रता लिएका छन् । उनले अहिलेसम्म १६६४ मत पाएका छन् भने साहले १४९३ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसका राजेश राय यादव १०१० मतका साथ तेेस्रो स्थानमा छन् ।

त्यस्तै उपमेयरमा पनि फोरमकी उम्मेदवार लक्ष्मीदेवी पटेल १३५२ मतसहित अग्रस्थानमा छिन् । १२४६ मतसहित एमालेकी प्रतिमा यादव दोस्रो र ९३५ मतसहित कांग्रेसकी रहिमा खातुन तेस्रो स्थानमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment