Comments Add Comment

खसीबजारमा हेर्नुस् दशैंको चहलपहल (फोटोफिचर)

५ असोज, काठमाडौं । घटस्थापना लागेसँगै दशैंको चहलपहल सुरु भएको छ । यतिखेर बजारमा दशैंका लागि किनमेल गर्नेको घुइँचो छ । खासगरी लत्ताकपडा, मासुका लागि खसीबोका र च्याङ्ग्रा तथा अन्य खाद्यवस्तु किन्नेको भीडले दशैं बजारको रौनक थपेको छ ।

दशैंका लागि अनिवार्यप्रायः बनेको मांसाहार उपभोगका लागि अहिले बजारमा खसीबोका, च्याङ्ग्रा किन्नेहरूको भिड बाक्लिन थालेको छ । व्यवसायीहरूका अनुसार अहिले काठमाडौं उपत्यकामामात्र दैनिक औसत ८ हजारको हाराहारीमा खसीबोका र भेडाच्याङ्ग्रा खरिद-बिक्री हुन्छ ।

व्यवसायी र सरकारसमेतले दशैंका लागि मुलुकभित्र र भारतबाट खसीबोका र च्याङ्ग्रा भित्र्याउन थालेका छन् । सरकारी स्वामित्वको नेपाल खाद्य संस्थानले मुलुकभित्रका विभिन्न स्थानबाट दुई हजार पाँच सय खसीबोका र च्याङ्ग्राा खरिद गरिसकेको छ । व्यवसायीहरूले भने भारतबाट ठूलो संख्यामा चौपाया भित्र्याउन थालेका छन् ।

चौपाया व्यवसायी महासंघका अनुसार दशैंमा उपत्यकामामात्रै झण्डै ६० हजारको संख्यामा चौपाया खपत हुन्छ ।

अहिले उपत्यकाका कलंकी, भृकुटीमण्डप, बबरमहल, माछापोखरी, खाद्य संस्थानको थापाथलीस्थित बाग्मती अञ्चल कार्यालय लगायतका स्थानबाट खसीबोकाको खुला बिक्री भइरहेको छ ।

चौपायाको आयात अत्यधिक भएपछि सरकारले तीनको स्वास्थ्य परीक्षणका लागि आजदेखि बनेपा, नागढुंगा लगायतका स्थानमा छुट्टै टोली नै खटाएको छ । त्यस्तै, उपत्यकाका विभिन्न खसीबजारमा पनि बिहान-बेलुका चौपायाको स्वास्थ्य परीक्षणका लागि विशेषज्ञ टोली परिचालन गरिएको छ ।

यो पनि पढ्नुहोस्

दशैंमा खसी किन्दै हुनुहुन्छ ? यसरी चिन्नुस् स्वस्थ खसी

दशैंका खसीबोकामा पनि भारतकै भर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment