Comments Add Comment

सिरहाको वरियारपट्टी गाउँपालिकामा संघीय फोरम विजयी

७ असोज, लहान । सिरहाको वरियारपट्टी गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी भएको छ । गाउँपालिका अध्यक्षमा सन्तोषकुमार महतो र उपाध्यक्षमा रेखाकुमारी यादव विजयी भएका हुन् ।

अध्यक्ष निर्वाचित महतोले ३ हजार ९७९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बालेश्वर यादवले २ हजार ८८१ मत पाए ।

यसैगरी उपाध्यक्षमा निर्वाचित रेखा यादवले २ हजार ७६३ मत पाएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कुमारी यादवले २ हजार ८५५ मत पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment