Comments Add Comment

चारवटा मतपत्र बेग्लाबेग्लै रङ्गको व्यवस्था गर्न राजपाको माग

८ असोज, काठमाडाैं । राष्ट्रिय जनता पार्टी नेपालले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि बेग्ला बेग्लै मतपत्रको व्यवस्था गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

उक्त पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले आयोगका पदाधिकारीसँग प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एउटै मतपत्र प्रयोग गर्ने आयोगको निर्णयलाई सच्याउन माग गरेको हो ।

दुवै तहको निर्वाचनमा एउटै मतपत्रको प्रयोग गर्ने भनेको निर्वाचनको मर्म विपरतिको कार्य हुने मात्र नभई अन्तर्राष्ट्रिय जगतमा समेत यस्तो अभ्यास नरहेकोबारे राजपाले आयोगको ध्यानाकर्षण गराएको थियो ।

आयोगका पदाधिकारीसँगको छलफलपछि सञ्चारकर्मीसग कुराकानी गर्दै अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले मंसिरमा हुने निर्वाचनका लागि चारवटा मतपत्र बेग्ला बेग्लै रङ्गको हुनुपर्छ भन्ने पार्टीको धारणाबारे आयोगलाई जानकारी गराएको बताए ।

उक्त पार्टीले आगामी निर्वाचनमा ढल्केको छाता चुनाव चिह्न माग गरेकामा छाता सिधा रहेको जस्तो देखिएकाले निर्वाचन चिह्न राख्दा सुधार्न पनि आयोगले सुझाव दिएको छ ।

सदस्य मण्डलका अर्का सदस्य राजेन्द्र महतोले स्थानीय तहको अध्यक्ष वा उपाध्यक्षको जस्तो निर्वाचन नभई प्रतिनिधिसभा र प्रदेशसभाको संरचना नै बेग्लाबेग्लै भएकाले मतपत्र पनि फरक-फरक हुनुपर्छ भन्ने पार्टीको भनाइ रहेको बताए ।

निर्वाचन आयोगले प्रतितिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ एउटै मतपत्र रहे पनि प्रतिनिधिसभाका लागि माथिल्लो भागमा निर्वाचन चिह्न रहने तथा प्रदेशसभाका लागि तल्लो भागमा चुनाव चिह्न रहने व्यवस्थाका लागि तयारी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment