Comments Add Comment

कांग्रेसले भन्यो-माओवादीबाट धोखा भयो

१७ असोज, काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले एमालेसँग एकता घोषणा गरेर आफूलाई माओवादी केन्द्रले धोखा दिएको निष्कर्ष निकालेको छ ।

एमाले र माओवादीको सहमति घोषणा भइरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकले माओवादीबाट धोखा भएको निष्कर्ष निकालेको हो । सरकारमा बसेर विपक्षी पार्टीसँग गठबन्धन गर्ने माओवादी चरित्र अनैतिक भएको निष्कर्ष निकालिएको कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले बताइन् ।

कांग्रेस बैठकले अब अन्य लोकतान्त्रिक शक्तिहरुसँग चुनावी तालमेल गर्ने भएको छ ।

एमालेसँगको सहमति सार्वजनिक गर्नुअघि माओवादी अध्यक्ष प्रचण्डले मंगलबार दुई पटक प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरवहादुर देउवासँग छलफल गरेका थिए ।

माओवादीले एमालेसँगको एकता चुनावी तालमेल र एउटै कम्युनिस्ट पार्टी निर्माणका लागि केन्दि्रत रहेकाले सत्ता गठबन्धनलाई असर नगर्ने बताएको छ । स्थानीय तहको निर्वाचनमा माओवादीसँग तालमेल गरेको कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि तालमेलको प्रयास गरिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment