+
+
Shares

‘पीके’ मेरो कारणले चलेको होइनः आमिर

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज १८ गते ११:४१


महिला सशक्तिकरणको सन्देश दिने चलचित्र ‘दंगल’ले भारत र चीनमा निकै तारिफ बटुल्यो । यो चलचित्रका नायक आमिर खानले महिला सशक्तिकरणको विषयमा ‘सिक्रेट सुपरस्टार’ निर्माण गरेका छन् । लगातार हिट चलचित्र दिइरहेका आमिरलाई लाग्छ केबल सुपरस्टार छविले मात्रै चलचित्र हिट हुँदैन ।

‘चलचित्रको सफलता र असफलताको श्रेय सुपरस्टार छविले मात्रै दिदैन । ‘पीके’ हिट भयो, त्यो मेरो कारणले होइन । चलचित्र आफैंमा राम्रो थियो ।’ आमिरले भने । उनको बुझाइमा सुपरस्टारले कहिल्यै चलचित्र हिट बनाउन सक्दैन । तर, राम्रो चलचित्रले अभिनेतालाई सुपरस्टार बनाउन सक्छ ।

कुनै वेला आमिरलाई पनि कसैले चेतावनी दिएको थियो कि सुपरस्टारको आयू ७ देखि ८ वर्ष मात्रै हो । अहिलेसम्म उनले सुपरस्टारको राज के हो पत्ता लगाउन सकेका छैनन् ।

साहरुख खान र सलमान खानसँग काम गर्ने इच्छा ब्यक्त गरेका आमिर राम्रो कथाको खोजीमा छन् । उनी चाहन्छन् तीनै जना कलाकारलाई सुहाउँदो कथा होस् ।
पहिलो पटक अमिताभ बच्चनसँग ‘ठग्स अफ हिन्दुस्तान’ मा काम गरेका आमिर अमिताभसँग निकै प्रभावित भए । ‘अमिताभ प्रतिभाको खानी हुनुहुदो रहेछ । मेरो लागि निकै अनौठो अनुभव भयो । बच्चन साहेबसँग यति नजिक भएर काम गरेँ । उहाँ निकै दयालु र इमान्दार हुँनुहुँदो रहेछ ।’

आफ्नो शो ‘सत्यमेव जयते’ मार्फत समाजिक मुद्धामा जोडिएका आमिर राजनितीक यात्रामा भने कहिल्यै सहभागी हुने छैनन् । उनी आफ्नो आत्मकथा लेख्न चाहन्छन् । तर, शर्त राखेर मात्र । उनले भनेका छन्-‘म मेरो आत्मकथा लेख्छु तर, म मरेपछि मात्रै प्रकाशन गर्ने शर्त मात्र ।’ उनी भन्छन्-‘ म वकिलसँग सल्लाह गर्दैछु । म मरेपछि मात्रै मेरो आत्मकथा प्रकाशन होस् ।’

आफ्नो बायोपिक सिनेमामा रहर छैन उनलाई । ‘५० वा १०० वर्षपछि बन्न सक्छ तर, अहिले मेरो वारेमा त्यस्तो गतिलो कथा भेटिदैन ।’ उनले भने । तर, उनलाई राज कपुरको बायोपिकमा अभिनय गर्ने मन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?