Comments Add Comment

पत्रकार भट्टराईमाथि आक्रमण, दाेषीलार्इ कार्वाहीको माग

२० असोज, काठमाडाैं । कालिकोटका पत्रकार अर्जुनप्रसाद भट्टराईमाथि आक्रमण भएको छ । भट्टराईलाई शुक्रबार वेलुका अराजक समूहले आक्रमण गरेको जनाइएको छ ।

अराजक समूहको कुटपिटबाट पत्रकार भट्टराई गम्भीर घाइते भएका छन् । बेहोस अवस्थामा रहेका भट्टराईको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको र थप उपचारका लागि बाहिर लिने तयारी भइरहेको छ ।

आक्रमणकारीलाई कार्वाहीको माग

यसैबीच प्रेस सेन्टर नेपाल प्रदेश नं. ६ ले आक्रमणकारीहरुको पहिचान गरी कार्वाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ ।

प्रेस सेन्टरनेपाल ६ नं. प्रदेशका अध्यक्ष ध्रुव बुढाथोकीले विज्ञप्ति निकाली भट्टराईमाथि भएको आक्रमणको भत्र्सना र निन्दा गर्दै यस्ता घटनाहरु रोकी नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गर्न माग गरेका हुन् ।

प्रेस सेन्टरले गम्भीर घाइते पत्रकार भट्टराईको उपचारको व्यवस्था मिलाउन समेत आग्रह गरेको छ ।

पत्रकार भट्टराई पत्रकार महासंघका केन्द्रीय पार्षद तथा प्रेस सेन्टर, नेपाल कालिकोटका अध्यक्ष समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment