Comments Add Comment

चालु आर्थिक वर्षमा दार्चुलाका २४५ मुक्त हलिया पुनःस्थापित हुने

फाइल तस्वीर

२२ असोज,दार्चुला । चालु आर्थिक वर्षमा दार्चुलाका २४५ मुक्त हलिया पुनःस्थापित हुने भएका छन् ।

चालु आर्थिक वर्ष २०७४/०७५ का लागि जग्गा खरिद तर्फ ५ कोटा, घरनिर्माण तर्फ ४० कोटा र घर मर्मत तर्फ २ सय कोटा प्राप्त भएको जिल्ला मालपोत कार्यालय दार्चुलाका सूचना अधिकारी नरबहादुर ठगुन्नाले बताए ।

चालु आर्थिक वर्षमा प्राप्त कोटा अनुसार भाद्र २७ गतेदेखि असोज १० गतेसम्म १५ दिने सूचना जारी गरी क, ख र ग वर्गका मुक्त हलियाहरुलाई दर्खास्त बुझाउन आव्हान गरिएको थियो ।

उक्त अवधिमा जग्गा खरिद तर्फ ५ कोटा प्राप्त भएकोमा २ जनाको निवेदन, घर निर्माण तर्फ ४० कोटा प्राप्त भएकोमा ३६ जनाले निवेदन दिएको जिल्ला मालपोत कार्यालय दार्चुलाका सूचाना अधिकारी ठगुन्नाले बताए ।

त्यस्तै घर मर्मत तर्फ २ सय कोटा प्राप्त भएकोमा २५९ जनाको निबेदन परेको छ । कार्तिक पहिलो साता फिल्ड निरीक्षण गरी आबेदन दिएका मुक्त हलियाहरुलाई अनुदान रकम वितरण गरिने छ ।

जग्गा खरिद तर्फ १ जनालाई २ लाख, घर निर्माण तर्फ ३ लाख २५ हजार र घर मर्मत तर्फ १ लाख २५ हजार रुपैया अनुदान दिइने सूचना अधिकारी ठगुन्नाले बताउनु भयो । जग्गा खरिद तर्फ १० लाख, घर निर्माण तर्फ १ करोड ३० लाख र घर निर्माण तर्फ २ करोड ५० लाख गरी जम्मा ३ करोड ९० लाख रुपैया मुक्त हलिया पुनःस्थापन कार्यक्रमका लागि बजेट विनियोजन भएको छ ।

हालसम्म दार्चुलामा पहिचान भएका ४ सय ५५ जना मुक्त हलियामध्ये ४ सय ३१ जना मुक्त हलियाहरुको परिचय पत्र प्रमाणिकरण गरी वितरण गरिएको जिल्ला मालपोत कार्यालयको तथ्याङ्क छ ।

अझै २४ जना मुक्त हलिया परिचय पत्र बनाउन सम्पर्कमा नआएको बताइएको छ । गत अािर्थक वर्षमा १७५ बढी मुक्त हलियाहरुलाई पुनःस्थापन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment