Comments Add Comment

बाँकेमा बस दुर्घटना हुँदा तीनको मृत्यु, १२ घाइते

२४ असोज, नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका-१ लौकी खोलामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट धनगढी जाँदै गरेको ना ४ ख ८२५५ नम्बरको यात्रुबहाक बस दाङ भन्दा केही दूरी अगाडि पुगेपछि सडकबाट १५ मिटर तल खोलामा खसेको हो ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । उनीहरुको कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेकबहादुर तामाङले जानकारी दिए ।

दुर्घटनामा मृत्यु भएकाहरु र घाइते भएकाहरुको नाम, ठेगना खुल्न सकेको छैन ।

दुर्घटनास्थल नेपालगञ्जबाट करिब १०० किलोमिट दाङतर्फ पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment