Comments Add Comment

विश्व फुटबलमा आइसल्याण्डले रच्यो अर्को इतिहास

आइसल्याण्ड रुस विश्वकपमा छनोट हुने सबैभन्दा सानो मुलुक बनेको छ । छनोट चरणको आफ्नो अन्तिम खेलमा आइसल्याण्डले कोसोभोलाई २-० ले हरायो ।

युरो-२०१६ को क्वाटरफाइनलिष्ट आइसल्याण्ड, जसले इंग्ल्याण्डलाई अन्तिम १६ बाटै घर फर्काइदिएको थियो, उसको जनसंख्या ३ लाख ३५ हजार छ ।

१० लाख भन्दा कम जनसंख्या रहेको मुलुकमध्ये आइसल्याण्ड विश्वकपमा सहभागी हुने पहिलो मुलुक बनेको छ ।

सोमबार साँझ भएको खेलमा आइसल्याण्डका लागि एभर्टनका गिल्फी सिगर्डसन र बर्नलेका जोहान गडमुण्डसनले एक एक गोल गरेका थिए ।

पहिलो हाफको अन्त्यतिर सिगर्डसनले उत्कृष्ट गोलको सहयोगमा टोलीलाई अग्रता दिलाए भने गडमुण्डसनले सिगर्डनकै पासमा उत्कृष्ट फिनिसिङ गर्दै दुई शून्यको जित शुनिश्चित गरे ।

आइसल्याण्डले विश्वकप छनोटको १० मध्ये ७ खेलमा जित हासिल गरेको हो ।

आइसल्याण्डका मूख्य प्रशिक्षक हेइमिर हलगि्रम्सन -जो पार्ट टाइम दन्त चिकित्सक पनि हुन्) चिन्तित थिए कि उनका खेलाडीले युरो-२०१६ मा पाएको सफलतालाई कायमै राख्नका लागि निक्कै संघर्ष गर्नुपर्नेछ ।

उनले भने, ‘फ्रान्समा हाम्रो निक्कै ठूलो सफलता पनि त्यसलाई कायमै राख्नु हाम्रालागि सबैभन्दा मुस्किल चुनौति थियो ।’

‘साथै, क्रोएशिया, टर्की, युक्रेन तथा फिनल्याण्डजस्ता टोली सम्मिलित समूहको शीर्ष स्थानमा रहनु हाम्रा लागि ठूलो सफलता हो ।’

‘सफलता आफैंमा एउता अन्त्य होइन, तर, अन्तिम गन्तव्यको दिशामा एउटा लामो यात्रा हो ।’

कार्डिफ सिटीका कप्तान आरोन गुनरसन र उनको टिम, एक वर्षको बीचमा हासिल गरेको दोस्रो एतिहासिक सफलता पछि समर्थकसँग प्रख्यात भाइकिङ क्ल्यापमा सहभागी भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment