Comments Add Comment

डा. केसीको ५१ सदस्यीय वार्ता टोली गठन

२६ असोज, काठमाडौं । चिकित्सा शिक्षा सुधार बेथिति र नीतिगत भ्रष्टाचार अन्त्यका लागि भन्दै १३ औं पटक आमरण अनसन बसिरहेका डा. गोविन्द केसीले वार्ता टोली गठन गरेका छन् ।

केसीसँग बार्ता गर्नका लागि सरकारले सचिव स्तरीय तीन सदस्यीय बर्ता टोली गठन गरेपछि डा. केसीले पनि ५१ सदस्यीय वार्ता टोली गठन गरेका हुन् ।

पहिलो चरणमा ५१ सदस्यीय वार्ता टोली गठन गरिएपनि यसपछि ७५ जिल्लाकै प्रतिनिधित्व हुने गरी वार्ता टोलीको विस्तार गरिने समेत विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

केसीको आन्दोलनमा समर्थन गर्ने देशभरीका समर्थकहरुको प्रतिनिधित्व गराउनका लागि वार्ता टोलीमा ७५ जिल्लाकै प्रतिनिधित्व गराउन लागिएको विज्ञप्तिमा उल्लेख छ ।

केसीले १२ पटकसम्म सम्झौता गरेर झुक्काउने नेपाल सरकारको नियत आम सर्वसाधारण नागरिकको हितमा नभएको भन्दै सबैलाई आफ्नो आन्दोलनमा साथ दिन आव्हान समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment