Comments Add Comment

आफैंले बुनेको जालमा फस्दैछिन् कंगना, आदित्यले मानहानीको मुद्दा हाल्ने

बलिउड अभिनेत्री कंगना रनौत आफैंले बुनेको जालोमा आफैं फस्दै गएकी छिन् । ऋतिक रोसनपछि अर्का एक अभिनेताले उनीविरुद्ध मुद्दा दायर गर्ने भएका छन् ।

कंगनाले एक अन्तरवार्तामा अभिनेता आदित्य पञ्चोलीमाथि आरोप लगाएकी थिइन् कि आदित्यले उनलाई यौन शोषण गरे र आफ्नो घरमा बन्द गरिदिए । यही आरोपलाई लिएर आदित्यले कंगनामाथि आपराधिक मानहानीको मुद्दा हाल्ने निर्णय गरेका हुन् ।

यसअघि आदित्यले कंगनालाई गत २५ सेप्टेम्बरमा पनि एउटा लिगल नोटिस पठाएका थिए । तर, कंगनाले सो नोटिसको कुनै जवाफ दिइनन् । यही कारणले उनले मानहानीको मुद्दा हाल्ने भएका हुन् ।

आदित्यले यस मामलामा आफ्नो विचार राख्दै भने, ‘कंगनालाई राष्ट्रिय टेलिभिजनमा मेरो बदनाम गर्ने कुनै अधिकार छैन ।’

सुरुमा ऋतिक रोशनमाथि आक्रमण गरेकी कंगना अहिले ऋतिकको प्रत्याक्रमणमा परेकी छिन् । बलिउडका थुप्रै सेलिबि्रटीहरुले यस प्रकरणमा ऋतिकलाई समर्थन गरेका छन् । कंगना पछिल्ला दिनहरुमा मौन छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment