बुधबार, १ कार्तिक, २०७४
OnlineKhabar.com

विवादास्पद व्यक्ति धमाधम उम्मेदवार सिफारिस

अनलाइनखबर

२७ असोज, काठमाडौं । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलका तल्ला समितिहरुले जसरी पनि निर्वाचन जित्ने नाममा गैरराजनीतिक तथा आपराधिक र विवादास्पद छवि भएका व्यक्तिहरुलाई प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउन सिफारिस गरेका छन् ।

निर्वाचन कार्यतालिकाअनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरुले उम्मेदवारको बन्दसूची असोज २९ गते निर्वाचन आयोगलाई बुझाउनुपर्छ ।
दलका तल्ला समितिहरुले उम्मेदवार बनाउन केन्द्रमा सिफारिस गरेका केही नाम गुन्डागर्दी, अपहरण र हत्या अभियोग लागेका छन् । दलहरुले चुनाव जित्न रानजीतिक पृष्ठभूमिभन्दा खर्च गर्न सक्ने विवादास्पद छविका व्यक्तिहरुलाई उम्मेदवार सिफारिसमा प्राथमिकता दिन थालेपछि राजनीति थप बिटुलो बन्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ ।

निर्वाचनसम्बन्धी काननुको सामान्य ख्याल नगरी विवादास्पद छवि भएका पैसावाललाई प्राथमिकता दिएर उम्मेदवार बनाउन सिफारिस गरिएका नाम धमाधम पार्टी केन्द्रीय कार्यालयमा आउन थालेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

२०७४ असोज २७ गते ६:२५ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this