Comments Add Comment

उपप्रधानमन्त्री थापासँगै तीन मन्त्रीले लिए सपथ

२८ असोज, काठमाडौं । उपप्रधानमन्त्री कमल थापासहित चार मन्त्रीले सपथ लिएका छन् । मन्त्रिपरिषद् विस्तारले चुनावलाई असर नगर्ने निर्वाचन आयोगको रायपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुलाई सपथ दिलाएका हुन् ।

शुक्रबार साँझ शीतल निवासमा आयोजित समारोहमा राप्रपा अध्यक्ष थापाले उपप्रधानमन्त्रीको सपथ थिए । सपथपछि राष्ट्रपति भण्डारीले उपपप्रधानमन्त्री थापालार्इ चुनाव राम्रोसँग सम्पन्न गर्न शुभकामना दिएकी छन् ।

लगतै मन्त्रीहरु जयन्तबहादुर चन्द, दिलनाथ गिरी र विक्रमबहादुर थापाले पनि सपथ लिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाबाट उपप्रधानन्त्री, तीन मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेका थिए । नवनियुक्त मन्त्रीहरूको मन्त्रालय भने तोकिएको छैन ।

यससँगै देउवा सरकार ६४ सदस्यीय भएको छ ।

तस्वीर: विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment