Comments Add Comment

चियाको लत कस्तो ? आफ्नो नाम नै चिया बनाए यी व्यक्तिले

मानिसका रुची अनेक हुन्छन् । कहिलेकाहीँ यस्ता रुचीहरु लतमा बदलिन्छन् । यस्तै एकजनालाई चियाको लत बस्यो ।
चियाको लतको चक्करमा फसेर ती व्यक्तिले यस्तो काम गरेकी जुन थाहा पाउँदा तपाइँ अचम्ममा पर्नुहुनेछ ।

अमेरिकाको योर्कसायरमा बस्ने ३१ वर्षीय नाथन गार्नर चियाका निकै ठूला पारखी हुन् । चानचुने पारखी होइन, चियाका पागल अम्मली नै भन्नुपर्छ । सायद चियाप्रतिको लगावकै कारण होला उनले आफ्नो वास्तविक नाम नै कानूनी रुपमा बदलेर आफुलाई मनपर्ने चियाको नामलाई आफ्नो नाम बनाए ।

नाथनको मनपर्ने ब्राण्डको चिया योर्कशायर टी हो । उनले दिनमा १५ पटक योर्कसायर चिया पिउँछन् । दुई कप पिइसकेपछि ब्रस गर्दछन् ।

एकपटक नाथनलाई उनका साथीले हँसीमजाकमा भनेछन् ः तिमीले यतिधेरै चिया पिउँछौ की अब तिमीले नामनै चिया राखे हुन्छ ।

साथीको त्यो सल्लाह उनलाई घत लाग्यो । त्यसपछि उनी आफ्नो नाम बदल्ने प्रक्रियामा लागे । अन्ततः उनले आफ्नो नाम नाथन गार्नरबाट बदलेर नाथन योर्कसायर टी राखेका छन् र नयाँ नाम सहितको प्रमाणपत्र समेत लिइसकेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment