+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

कात्तिक ५ गतेदेखि ठमेल सवारीमुक्त क्षेत्र

अत्यावश्यकीयबाहेकका सवारी प्रवेश गरे कडा कारबाही

रासस रासस
२०७४ असोज ३१ गते १०:३४

३१ असोज, काठमाडौं । प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ठमेललाई कात्तिक ५ गतेदेखि सवारी साधनमुक्त क्षेत्र बनाइने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेल विकास परिषद्ले आयोजना गरेको पत्रकार सम्मेलनमा अत्यावश्यक सवारी साधनबाहेक ठमेल क्षेत्रमा अरु सवारी साधनलाई प्रवेशमा कडाइ गरिने जानकारी दिइएको हो ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षालगायतका अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधनलाई कडाइ गर्न लागिएको जानकारी दिए । ‘अत्यावश्यक सवारी साधनलाई ठमेलभित्र जान आउनका लागि पासको व्यवस्था गर्न लागेका छौं’, प्रमुख खनालले भने ।

ठमेलभित्र जाने सवारी साधनले त्रिदेवी मार्गबाट मात्र जान पाउने, ट्याक्सी, हाइस, भ्यान, मोटरसाइकललाई जथाभावी रोक्न नदिने, ठमेलभित्रका एकतर्फी बाटोमा रोक्ने सवारी साधनलाई कडाइ गरिने, ठाउँठाउँमा ट्राफिक संकेत राखिने, ठमेलभित्र भएका होटलमा आवश्यकतानुसार सवारी साधनको व्यवस्था गरिने भएको छ ।

यसैगरी ज्याठा मार्ग, त्रिदेवी मार्ग दुईतर्फी हुने, ठँहिटीबाट ज्याठा आउन मोटरसाइकललाई दुईतर्फी गर्ने, वैशाली होटलबाट जाँदा दायाँ मोड्न नपाइने, क्षेत्रपाटीदेखि जेपी मोड हुँदै ठँहिटीसम्म मोटरसाइकललाई दुईतर्फी जान दिने व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महाशाखा प्रमुख खनालले ठमेलभित्र धेरै धुवाँ निकाल्ने सवारी साधन, हर्न बजाउने सवारी साधन र जथाभावी चलाउने सवारी साधनलाई विशेष निगरानी गरी कडा कारबाही गरिने बताए । उनले सवारी साधनको कडाइसँगै यस क्षेत्रमा हुने आपराधिक घटनामा समेत कमी आउने उल्लेख गरे ।

सम्मेलनमा कामनपा वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालले ठमेललाई व्यवस्थित शहरका रूपमा विकास गर्न महानगरपालिकाले महाशाखासँग मिलेर उक्त अभियान चलाउन लागेको बताए ।

ठमेल नागरिक समाजका प्रतिनिधि विश्वम्भरलाल प्रधानले ठमेलभित्र ट्राफिक व्यवस्थापनमा कडाइ भए स्थानीयवासी र विदेशी पाहुनालाई हिँडडुलमा सहज हुने बताए ।

महाशाखाले ठमेल क्षेत्रलाई विश्वकै नमूना शहर बनाउन विभिन्न समिति बनाएर काम शुरु गरेको छ । ठमेल क्षेत्रमा काठमाडौँ महानगरपालिकाको १६, १७, २६ र २८ वडा पर्छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?