Comments Add Comment

टीकापुर घटनाका आरोपी लक्ष्मण थारु जेलबाटै राजपा प्रवेश

२ कात्तिक, कैलाली । टीकापुर घटनाको आरोपमा जेल जीवन विताइरहेका लक्ष्मण थारुसहित ३ जना राजपा पार्टीमा प्रवेश गरेका छन् ।

बिहीबार राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कैलाली कारागारमै पुगेर लक्ष्मण थारु, विर बहादुर चौधरी र विश्राम चौधरीलाई पार्टी प्रवेश गराएका हुन् ।

माओवादी पूर्वलडाकू लक्ष्मण थारुले फोरम लोकतान्त्रिकले समेत धोका दिएपछि राजपा प्रवेश गरेको बताए । ०६४ सालबाट राजेन्द्र महतोको सम्पर्कमा रहेको बताउँदै उनले राजपा पार्टीमा प्रवेश गरेको बताए । उनले यसबाट कुनै पनि समुदाय, खासगरी थारु, सशंकित हुन आवश्यक नभएको बताए ।

सोही अवसरमा टीकापुर घटनाका आरोपित कैदीहरुले टीकापुर घटनाको राज्यले सत्यतथ्य पत्ता लगाउन नसकेको बताए ।

टीकापुर घटनामा पक्राउ परेकाहरुसँग तत्कालिन फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले टीकापुर घटना राजनैतिक कारणले भएको र पक्राउ परेकाहरु सबै निर्दाेष रहेको बताउँदै नआत्तिन भने पनि अन्तिममा धोका दिएकाले राजपा पार्टी प्रवेश गरेको उनीहरुले बताएका छन् ।

टीकापुर घटनाका नाममा सोझासाझा थारुलाई राज्यले फसाएको राजपाका नेता राजेन्द्र महतोले आरोप लगाए । टीकापुर घटनाका बन्दीहरुको रिहाइका लागि पहल भैरहेको समेत उनले बताए ।

महतोले थारुहरुले आफ्नो अधिकारका लागि थालेको आन्दोलनमा सहकार्य गर्ने थारुका अधिकारका लागि लड्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment