Comments Add Comment

पूर्वी रुकुममा माओवादीका वागी उम्मेदवार

साना वाम पार्टी पनि बेग्लाबेग्लै मैदानमा उत्रिए

५ कात्तिक, रुकुम । पूर्वी रुकुममा माओवादी केन्द्रविरुद्ध दुईजनाले वागी उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादीकी आधिकारिक उम्मेदवार कमला रोकाविरुद्ध तेजेन्द्र खाममगरले उम्मेदवारी दिएका छन् । उनी रुकुमका पुराना वामपन्थी नेता हुन् ।

त्यसैगरी प्रदेश सभातर्फ रुकुम पूर्व (क) मा पनि माओवादीबाट वागी उम्मेदवारी परेको छ । माओवादीका आधिकारिक उम्मेदवार तेजबहादुर ओली ‘प्रतीक’ विरुद्ध पुनिराज घर्तीले उम्मेदवारी दिएका छन् । घर्ती माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति सदस्य समेत हुन् ।

रुकुम पूर्व (ख) मा माओवादीका पूर्णबहादुर घर्ती ‘आयाम’ आधिकारिक उम्मेदवार छन् । उनीविरुद्ध भने वागी उम्मेदवारी परेको छैन ।

पश्चिम रुकुममा पनि वागी उम्मेदवारी परेको छैन । पश्चिम रुकुममा प्रतिनिधिसभा निर्वाचनका लागि माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ले उम्मेदवारी दिएका छन् । उनीविरुद्ध कांग्रेसका गोपालजीजंग शाह चुनावी मैदानमा छन् ।

त्यसैगरी प्रदेशसभा तर्फ पश्चिम रुकुम (क) मा गोपाल शर्मा ‘अनल’ र (ख) मा रातु कामीको उम्मेदवारी दर्ता भएको छ ।

यसैवीच वाम गठवन्धनमा सामेल राष्ट्रिय जनमोर्चाले पश्चिम रुकुममा प्रतिनिधिसभाका लागि छुट्टै उम्मेदवारी दिएको छ । जनमोर्चाका खडकसिं खड्काको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी मालेबाट कलबहादुर नाथ, नयाँ शक्तिबाट सरुण बाँठामगर र संघीय समाजवादी फोरमबाट जगतबहादुर चन्दले पनि प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment