Comments Add Comment

राजपाको युवा संघका अध्यक्ष र महासचिव माओवादीमा प्रवेश

७ कात्तिक, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)का तराई मधेश स्वयमसेवक संघका केन्द्रीय अध्यक्ष अजय पट्टेलसहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

अध्यक्षसँगै संघका महासचिव अनिल कुशवाहा, नेपाल प्राध्यापक संघका नेता अर्जुन पट्टेल, तराई मधेश विद्यार्थी फन्टका नेता सन्देश पट्टेल लगायतका नेताहरु माओवादी केन्ऽमा प्रवेश गरेको माओवादीले जनाएको छ ।

युवा नेताहरु मंगलबार बिहान अध्यक्ष प्रचण्डको हातबाट टीका लगाएर माओवादी केन्ऽमा प्रवेश गरेका हुन् ।

राजपाका युवा नेताहरुको माओवादी केन्ऽमा प्रवेशसँगै अधिकांश केन्द्रीय नेताहरु माओवादी केन्ऽमा प्रवेश गर्ने तयारी रहेको र त्यसका लागि छुट्टै पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने नेता पट्टेलले जानकारी दिए ।

पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले मधेशी जनताले क्रमशः माओवादी केन्द्र नै देशको एकता, आर्थिक समृद्धि र मधेशको अधिकारका पक्षमा लड्ने पार्टी भएको बुझ्दै गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment