Comments Add Comment

फिल्मको सुटिङदेखि प्रचारसम्म, प्रियंकालाई भ्याइनभ्याई


नेपाली चलचित्रमा धेरै नायिकाहरु काम नपाएर खाली बसेका छन् । काम नपाएर दिन बिताउन नै धेरैलाई गाह्रो भैरहेको छ । तर, डिमाण्ड भएको समयमा व्यस्त हुनुपर्छ भन्ने नीति लिदा नायिका प्रियंका कार्कीलाई भने भ्याई नभ्याई छ ।

पि्रयंका चलचित्रको प्रचार, छायांकन, म्यूजिक भिडियो, विज्ञापनमा अभिनय सबैलाई अगाडि बढाइरहेकी छिन् । सोमबार आयोजना भएको चलचित्र ‘सत्रु गते’को मुहुर्तमा दात्त दुखेको भन्दै उपस्थित नभएकी प्रियंका सोही दिन १ बजे आयोजना भएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को पत्रका सम्मेलनमा भने उपस्थित भइन् ।

यी दुबै चलचित्रको छायांकन यसै सातादेखि सुरु हुनेछ । दुबै चलचित्रमा नायिका भएकाले पनि प्रियंकालाई सेड्यूल मिलाउन धौ-धौ छ । त्यसमाथि, चलचित्र ‘फाटेको जुत्ता’ कात्तिक १७ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको प्रचारमा पनि उनी दौडधुप नै गरिरहेकी छिन् । समय मिलाएर दौडधुप गर्दा पनि निर्माता अर्जुन कुमार कलाकारले साथ नदिएको भन्दै गुनासो गर्न पछि पर्दैनन् ।

यो बर्ष रिलिज हुने चलचित्रमध्ये सर्वाधिक चलचित्रमा नायिका कार्की कै मुख्य भूमिका छ । त्यसमाथि, म्यूजिक भिडियोमा पनि उनले काम गरिरहेकी छिन् ।
नेपाली चलचित्र क्षेत्रमा डिमाण्ड भएको र अफर आएको समयमा काम गर्ने र पैसा कमाउने नीति धेरै कलाकारले लिएका छन् । प्रियंकाको नीति पनि यही नै देखिएको छ ।

यसैले त उनी, चलचित्रमा आमाको भूमिका सम्म गर्न तयार भैसकेकी छिन् । तर, अफर आएका सबै काम गर्दा दर्शकले पत्याउन छाड्छन् कि प्रियंका जी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment