Comments Add Comment

मुगुमा माओवादीको उम्मेदवारी फिर्ता

८ कात्तिक, मुगु । वाम गठबन्धनका बागी उम्मेदवारहरुले बुधबार उम्मेदवारी फिर्ता लिएका छन् ।

गत आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका माओवादी केन्द्रका उम्मेदवारहरुले वाम गठबन्धनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।

मुगुमा माओवादीका तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गरेका नेता शुरबहादुर बुढा, प्रदेश ‘क’ बाट दर्ता गराएका केबलबहादुर शाही र प्रदेश ‘ख’ बाट उम्मेदवारी दर्ता गरेका मंगलबहादुर शाहीले फिर्ता लिएका हुन् ।

पार्टीले गठबन्धन विरुद्ध उम्मेदवारी दिनेलाई पाँच वर्षसम्मका लागि बार्वाही गर्ने चेतावनी दिएपछि पार्टीका सबै उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएको पोलिटव्यूरो सदस्य मगंलबहादुर शाहीले बताए ।

अब मुगुमा माओवादीले सूर्य चिन्हमा मतदान गर्ने छ ।

बाम गठबन्धनको सिट बाडफाडँमा मुगुमा माओवादीको सिट शून्य भएपछि गठबन्धन विरुद्ध प्रदेशसभा र प्रतिनिधिसभाको लागि माओवादी केन्द्रका नेताहरुले मनोनयन दर्ता गराएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment