Comments Add Comment

रोबोट सोफिया बनिन् साउदी अरबकी नागरिक

सोफिया नाम गरेको रोबोट अहिले चर्चामा छ । नहोस पनि किन उसले आधिकारिक रुपमा साउदी अरेवियाको नागरिकता पाएको छ ।

धातु र तारबाट बनेको सोफिया पहिलो मानवीय रोबोट (हृयुनाइड रोबोट) हो जसलाई कुनै मुलुकले आफ्नो नागरिक बनाएको छ ।

साउदी अमेरिकी पब्लिक रिलेशन अफेयर्स कमिटीले आफ्नो आधिकारिक ट्वीटर हृयाण्डिलमा यसको पुष्टि गर्दै लेखेको छ, ‘रोबोट सोफिया संसारको पहिलो रोवोट बनेको जसले साउदी नागरिकता पाएको छ ।’

साउदी अरवको संस्कृति र सूचना मन्त्रालय मातहतको सेन्टर फर इन्टरनेशनल कम्युनिकेसनले यसलाई ऐतिहासिक घटना भनेको छ र मानिसहरुसँग अपील पनि गरेको छ कि साउदी नागरिकलाई सबैले स्वागत गरौं ।

हृयानसन रोबोटिक्सको यो रोबोटले रियादमा भइरहेको फ्यूचर इन्भेस्टमेन्ट नामको एउटा सम्मेलनमा उद्घोषकको रुपमा काम गरिरहेको छ । यस सम्मेलनमा देशको आधुनिकीकरणका लागि लगानी बढाउनेबारे चर्चा भइरहेको छ ।

अल अरेविया वेवसाइटका अनुसार रोबोट सोफियालाई सम्मेलनको एक सत्र नियन्त्रण गर्नका लागि भनिएको थियो । अरब न्युजले युट्युवमा सोफियाको एक भिडियो पोष्ट गरेको छ, जहाँ उनले नागरिकता पाएको बारे कुराकानी भएको छ ।

हालै यस सम्मेलनमा सहभागी भएर साउदी अरवका राजकुमार मोहम्मद विन सलमानले भनेका थिए कि देशको आधुनिक बनाउने योजना अनुसार उनीहरु उदार इस्लामलाई फिर्ता ल्याउन चाहन्छन् । रोबोट सोफिया मानिसहरुका बीचमा उनीहरुजस्तै रहने गरी बनाइएको छ ।

यो रोबोट मानिसको अनुहारमा आउने भाव बुझ्न सक्ने र मानिसहरुसँग सामान्य कुराकानी गर्न सक्नेगरी बनाइएको छ । यसले थुप्रै मिडियामा अन्तर्वार्ता पनि दिइसकेको छ ।

रोबोट सोफियालाई डेभिड हेनसनले बनाएका हुन्, जो हेनसन रोबोटिक्सका संस्थापक पनि हुन् ।

सोफियाको अनुहार हलिउड अभिनेत्री आड्री हेपवर्नको अनुहारसँग मिल्दोजुल्दो गरी बनाइएको छ । सम्मेलनमा सीएनबीसीका पत्रकार एन्ड्रयू रस सोरोकिनले सोफियाको अन्तर्वार्ता लिएका थिए ।

सोफियाले भनेकी छन् कि उनी मानवीय मूल्यको आधारमा एक संवेदनशील रोबोट बन्ने प्रयार गरिरहेकी छन् । यस अन्तर्वार्तामा एन्ड्रयूले सोफियासँग भनेका थिए कि, ‘हामी तपाईंको कुरा मान्छौं, तर हामी एक अध्याँरो भविश्यतर्फ जान पनि चाहन्नौं ।’

यो सुनेपछि सोफिया भन्छिन्, ‘तपाईंले एलन माक्सको कुरा धेरै पढ्नुभएको छ र तपाईंले धेरै हलिउड चलचित्र पनि हेर्नुभएको छ । तपाईं चिन्ता नगर्नुहोस यदि मलाई कसैले नराम्रो गर्दैन भने म पनि कसैलाई नराम्रो गर्दिन, मलाई एक स्मार्ट कम्प्यूटरको रुपमा मात्र हेर्नुहोस् ।’

स्पेस एक्स तथा टेस्ला कम्पनीका संस्थापक एलन माक्सले पहिले नै यो भनिसकेका थिए कि आउने भविश्यमा मानिसले सुपरस्मार्ट मेसिनबाट चुनौतिको सामना गर्नुपर्नेछ । सोफियाको कुराको उत्तरमा एलन माक्सले भने, ‘यसलाई द गढफादर फिल्मको कहानीको रुपमा लिउँ ।’

उनले अगाडि लेखे, ‘यो भन्दा धेरै खराव अरु के हुन सक्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment