Comments Add Comment

गोरखाको विकास बाबुरामले होइन, माओवादीले गरेको होः श्रेष्ठ

११ कात्तिक, काठमाडौं । माओवादी केन्द्रका नेता एवं गोरखा २ का उम्मेदवार नारायणकाजी श्रेष्ठ प्रकाशले चुनावपछि वामपन्थी सरकार बन्ने दाबी गरेका छन् ।

गोरखा काठमाडौं सम्पर्क मञ्च को भेलालाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘चुनावपछि वामपन्थीहरुको अत्याधिक बहुमतसहितको सरकार बन्छ । कसैले पनि छेक्न सक्दैन ।’

गोरखाको विकास डा. बाबुराम भट्टराईले व्यक्तिगत रुपमा नभई माओवादीले गरेको उनले दाबी गरे । श्रेष्ठले भने, ‘व्यक्तिगत रुपमा उहाँले गरेको भए त माओवादी छाडेपछि विकासको खोला बगाउनु पर्ने हो । तर, भएन ।’

बरु गोरखामा हुनु पर्ने जति विकास नभएको भन्ने गुनासो रहेको भन्दै उनले गोरखाको विकासका लागि माओवादी चाहिने दाबी गरे । उनले भने, ‘सरकार बनाउनु पर्ला नि त विकास गर्न ? कि हल्लिएर विकास हुन्छ ?’

उनले चुनाव जितिन्छ भनेर ढुक्कसँग नबस्न आग्रह गर्दै उनले सम्पूर्ण एकता, योजनावद्ध तयारी, सक्रियता भए वाम गठबन्धनको जित हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment