Comments Add Comment

भारत किन पुगिन् प्रियंका ? आयुष्मानलाई भेट्न वा अरु नै थियो काम ?


नायिका प्रियंका कार्की आजबाट चलचित्र ‘सत्रु गते’को छायांकनमा जोडिएकी छिन् । तर, यो चलचित्रको छायांकन सुरु भएको केही दिन भैसक्यो । आखिर, अरु कलाकारले चलचित्रको छायांकन गरिरहेको बेला प्रियंका भने कहाँ थिइन् त ?

प्रियंका ३ दिनका लागि भारत पुगेकी थिइन् । भारतको मुम्बई शहरमा पुगेकी प्रियंकाले आफ्ना प्रेमी आयुष्मान देशराजसँगको तस्बिर इन्स्ट्राग्राममा पोष्ट गरेपछि चर्चा सुरु भएको छ । धेरैले उनी आयुष्मानलाई भेट्न त्यता गएको अड्कल काटेका छन् । के प्रियंका प्रेमी भेट्नकै लागि मुम्बई पुगेकी थिइन् त ?

अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्-‘आयुष्मानलाई नै भेट्नका लागि मात्र म गएकी होइनँ । म अर्को एक काम लिएर मुम्बई गएकी थिएँ । कामको जानकारी म मिडियालाई पछि गराउनेछु ।’ प्रियंकाले आयुष्मानलाई आफूले १ दिन मात्र भेटेको बताइन् । आयुष्मान मोडलिङको कामका लागि ३ महिना मुम्बई बस्नेछन् ।

प्रियंका आइतबार काठमाण्डौ फर्किएकी हुन् । सोमबारबाट चलचित्र ‘सत्रु गते’को छायांकनमा प्रियंका जोडिएकी छिन् । धेरै कलाकारले मुम्बई पुगेर बलिउड नगरिमा हात हाल्न खोजिरहेको समयमा कतै प्रियंका पनि सोही प्रयासका लागि त्यता पुगेकी त होइनन् ? यो बिषयमा प्रियंकाको जवाफ पक्कै आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment