Comments Add Comment

अन्नपूर्ण बेस क्याम्पमा साम्राज्ञीको ‘तिमी सँग’


नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह चलचित्र सफलतामा ह्याट्रिक गर्ने तयारीमा छिन् । चलचित्र ‘ड्रिम्स र ए मेरो हजुर २’को सफलतापछि नायिका साम्राज्ञी अब चलचित्र ‘तिमी सँग’बाट ह्याट्रिक गर्ने तयारीमा छिन् । उनै, साम्राज्ञी अभिनित तेश्रो चलचित्र ‘तिमी सँग’को छायांकन सकिएको छ ।

चलचित्रको पर्दामा पहिलो पटक अन्नपूर्णबेस क्याम्पको दृश्य कैद गरिएको यो चलचित्रको छायांकन सकिएको छ । यो चलचित्रमा साम्राज्ञीसँगै आकाश श्रेष्ठ र नाजिर हुसेनको मुख्य भूमिका छ । प्रेम कथामा आधारित यो चलचित्रको शिर्ष गीतको छायांकन अन्नपूर्ण बेस क्याम्पमा गरिएको हो ।

टुरिष्ट गाइडको प्रेम कथामा तयार भएको यो चलचित्रबाट पनि आफू सफल हुनेमा साम्राज्ञीले विश्वास व्यक्त गरिन् । उनले भनिन्-‘चलचित्रको क्यानभास मनमोहक छ, संगीत पनि उत्कृष्ट छ । यसैले, दर्शकले चलचित्र मन पराइदिनुहुन्छ भन्नेमा ढुक्क छु ।’ यो चलचित्रलाई शिशिर राणाले लेखन तथा निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment