Comments Add Comment

अंशबण्डामा कुरा नमिल्दा छोराले गरे बाबुको हत्या

प्रतिकात्मक तस्वीर

१४ कात्तिक, सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२० रेडक्रस टोलमा अंशबण्डाको बिषयमा कुरा नमिलेपछि आफ्नै दुई छोराले बाबुको ज्यान लिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक राजकुमरा बैदवारका अनुसार छोराहरु २० वर्षीय सुनिल महत्तो र १७ वर्षे अर्जुन महत्तोले बाबु हिरालाल महत्तोलाई चिर्पटले हानेर हत्या गरेका हुन् ।

सुरुमा दुई भाइको बाबु हिरालालसँग जग्गा अंशबण्डा गर्ने विषयमा बिवादमा भएको थियो ।

बिवाद बढेपछि दुई छोराहरुले हिरालाललाई चिर्पटले टाउकामा हिर्काएको प्रहरीले जनाएको छ ।

घाइते महत्तोको कलैया अस्पतालमा उपचार हुन नसकेपछि वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको थियो । अस्पताल पुर्‍याएको केही समयपछि नै उनको मृत्यु भएको हो ।

घटनामा संलग्न छोराहरुलाई नियन्त्रणमा लिएर हिरासता राखी थप अनुसन्धान अघि बढाइएको प्रहरी प्रमुख वैदवारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment