Comments Add Comment

मनोनयन दर्ताका रोचक दृश्य (फाेटाे फिचर)

१६ कात्तिक, काठमाडौं । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको आम चुनावका लागि आज ४५ जिल्लामा हर्षोल्लासका साथ उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री केपी ओली, प्रचण्ड, झलनाथ खनाल, बाबुराम भट्टराई र माधव नेपालदेखि लिएर सामान्य नेता कार्यकर्ताले समेत प्रतिनिधिसभा र प्रदेशसभामा आकांक्षा प्रकट गरिरहेका छन् ।

अहिलेसम्म देशैभरि शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भइरहेको छ । कतिपय ठाउँमा असन्तुष्ट पक्षले बागी उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दर्ताको माहौलले एउटा राष्ट्रिय पर्वकै जस्तो संकेत दिएको छ । एमाले अध्यक्ष केपी अाेलीले बिराटनगर विमानस्थल पुगेर सयपत्रीकाे माला लगाए । अनि झापा पुगेर क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराए । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुरामा अापफू नगर्इ वारेसमार्फत उम्मेदवारी दर्ता गरे ।

अनलाइनखबरलाई प्राप्त मनोनयन दर्ताका केही रमाइला दृश्य यस्ता छन्-

  • मनोनयन दर्ता गर्न एमाले अध्यक्ष केपी अोली विराटनगर हुँदै झापा पुगे ।

  • चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार प्रचण्ड वाम गठबन्धनका अन्य उम्मेदवार सुरेन्द्र पाण्डे र कृष्णभक्त पोखरेलसहित मनोनयन दर्ता गर्न जाँदै ।

  • तनहुँ-१ बाट उम्मेदवारी दर्तापछि कार्यकर्तालार्इ सम्बोधन गर्दै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पाैडेल ।

  • एमाले नेता माधवकुमार नेपाल काठमाडाैं-२ बाट मनोनयन दर्ता गरेपछि कार्यकर्तालार्इ अभिवादन गर्दै । तस्वीर- श्रीधर पाैडेल/अनलाइनखबर

  • पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले इलाममा उम्मेदवारी दर्ता गराएका छन् ।

  • राप्रपा अध्यक्ष कमल थापा मनोनयन दर्ता गर्न जाँदै ।

  • एमाले नेता बामदेव गाैतम उम्मेदवारी दर्तापछि कार्यकर्तालार्इ सम्बाेधन गर्दै ।

  • विवेकशील साझा पार्टीबाट काठमाडाैं क्षेत्र नम्बर १ का उम्मेदवार रविन्द्र मिश्र उम्मेदवारी दर्तापछि कार्यकर्ताहरूसँग तस्वीरका लागि पोज दिँदै । तस्वीर- श्रीधर पाैडेल/अनलाइनखबर

  • काठमाडाैं क्षेत्र नम्बर-४ का उम्मेदवार कांग्रेस नेता गगन थापा मनोनयन गर्दा गर्न निस्कनुअघि सगुन ग्रहण गर्दै

  • काठमाडाैं-४ बाट गगनका प्रतिस्पर्धी वाम गठबन्धनका डा. राजन भट्टरार्इ मनोनयन दर्ता गराउन राष्ट्रिय सभागृहमा । तस्वीर- श्रीधर पाैडेल/अनलाइनखबर

  • तनहुँ-१ बाट रामचन्द्र पाैडेलबिरूद्ध बागी उम्मेदवार पूर्व गृहमन्त्री गोविन्दराज जोशी मनोनयन दर्तापछि ।

  • ललितपुर १ मा वाम गठबन्धनका तर्फबाट मनोनयन गर्न जाँदै पूर्व डीअार्इजी नवराज सिलवाल । उनी हालै प्रहरीबाट राजीनामा दिएर एमाले प्रवेश गरेका हुन् ।

  • कैलाली-४ मा बाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएपछि माअोवादी नेता लेखराज भट्ट । तस्वीर- दीपक उपाध्याय/अनलाइनखबर

  • मोरङ-६ मा वाम गठबन्धनका तर्फबाट मनोनयन दर्ता गराएपछि एमाले नेता लालबाबु पण्डित । तस्वीर- ध्रुव भट्टरार्इ/अनलाइनखबर

  • कैलाली ५ बाट नेपाली कांग्रेसकी उम्मेदवार अारजु राणा देउवा मनोनयन दर्ताका लागि जाँदै ।

  • एमाले महासचिव इश्वर पोखरेल मनोनयन दर्ता गरेपछि तस्वीरका लागि पोज दिँदै ।

  • काठमाडाैं क्षेत्र नम्बर ७ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरू मनोनयन दर्ताका लागि राष्ट्रिय सभागृह जाँदै ।

  • मोरङ-२ बाट मनोनयन गर्दा गर्दै कांग्रेस नेता मिनेन्द्र रिजाल ।

  • कास्की १ बाट उम्मेदवारी दर्ता गरेपछि नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापा ।

  • गुल्मीका वाम गठबन्धनका उम्मेदवारहरू मनोनयन दर्ताका लागि दलबलसहित जाँदै ।

  • धनुषा-३ बाट मनोनयन दर्ता गराएपछि कांग्रेस नेता बिमलेन्द्र निधी ।

  • काठमाडाैं-४ का उम्मेदवार नेपाली कांग्रेसका गगन थापा मनोनयन दर्तापछि ।

 

  • गुण्डा नाइके गणेश लामा कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्यको उम्मेदवारी दर्ता गर्न जाँदै ।

  • संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव उम्मेदवारी दर्तापछि ।

  • संघीय फोरमले टिकट नदिएपछि राैतहट १ बाट बागी उम्मेदवारी दिँदै बबन सिंह ।

  • माअोवादी केन्द्रका नेता गिरीराजमणि पोखरेल महोत्तरी क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गरेपछि ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment