Comments Add Comment

कांग्रेसले चुनाव हारे लोकतन्त्र खतरामा पर्छः गच्छदार


२३ कात्तिक, झापा । नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले कांग्रेसले चुनाव हारे लोकतन्त्र खतरामा पर्ने बताएका छन् । उनले लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसले जित्नुको विकल्प नरहेको बताए ।

चुनावी कार्यक्रममा बोल्दै गच्छदारले लोकतन्त्रको रक्षाका लागि र नेपालका योद्धा तथा शहिदको सपना साकार पार्न पनि कांग्रेसको जित आवश्यक रहेको बताए ।

मन्त्री गच्छदारले लोकतन्त्र बलियो भयो भने मात्र देशमा आर्थिक सम्बृद्धि हुने भएकाले सबैले एक ढिक्का भएर लोकतन्त्रको पक्षमा मतदान गर्नुपर्नेमा जोड दिए । उनले वाम गठबन्धनले देशमा अधिनायकवाद ल्याउन खोजेकाले त्यो आफूहरुलाई कहिले पनि स्वीकार नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment