Comments Add Comment

जिसस रौतहटमा कांग्रेस-संघीय फोरम गठबन्धन विजयी

२४ कात्तिक रौतहट । जिल्ला समन्वय समिति रौतहटको शुक्रबार भएको निर्वार्चनमा कांग्रेस र संघीय समाजवादी फोरमको गठबन्धन बिजयी भएको छ ।

समन्वय समितिको संयोजकमा कांग्रेसका राम एकवाल राय यादब र सहसंयोजकमा संघीय समाजवादी फोरम नेपालका रामअशिष राय बिजयी भएका छन् ।

दलित तथा अल्पसंख्यक सदस्यमा कांग्रेसका बच्चु साह कानु, रहिस मिया धुनिया, अन्यमा अशोक कुमार झा विजयी भएका छन ।

सदस्यहरुमा संघीय समाजवादी फोरमकी नबिनजन खातुन, रामईश्वर राय यादब, तथा महिलामा ईन्दु देबि र धनमन्ति देबी बिजयी भएका छन् ।

जिल्ला समन्वय समितिको संयोजक र सहसंयोजक सहित नौ पदको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार निर्वाचन गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment