बुधबार, ६ मंसिर, २०७४
OnlineKhabar.com

फिरौती नदिएकै कारण गौचनको हत्या, समिरमान योजनाकार

अनलाइनखबर

२८ कात्तिक, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको अभियोगमा पाँच जना पक्राउ परेका छन् ।

सुटरसहित सहयोगीहरु पक्राउ परेपनि हत्याका योजनाकार भने फरार छन् । प्रहरीका अनुसार गुण्डानाइके समिरमान सिंह बस्नेतकै योजनामा गौचनको हत्या भएको हो, जसमा मनोज पुनको पनि संलग्नता छ ।

विभिन्न अपराधिक घटनामा संलग्न भएको अभियोग लागेका बस्नेत देशबाहिर लुक्दै आएका छन् । देशबाहिरबाटै उनले हत्याको नेतृत्व गरेका थिए ।

बुटवलका मनोज पुन पनि एमालेसम्बद्ध युवा संघ रुपन्देहीका दुर्गा तिवारीको हत्यापछि फरार छन् ।

मागजति फिरौती नदिएकै कारण समिरमानले गौचनको हत्या योजना बनाएको प्रहरीको निष्कर्ष छ । तर, कति रकम मागेका थिए भन्ने केही खुलाइएको छैन ।

हत्याको योजना बनाएपछि उनीहरुले झण्डै एक महिनादेखि गौचनको निगरानी गरेको खुलेको छ । हत्यामा प्रयोग भएको मोटरसाइकल भने भारतबाट चोरर ल्याइएको थियो र नेपाली नम्बर प्लेट राखेर प्रयोग गरिएको थियो ।

पक्राउ पर्ने मध्ये नुवाकोटका राजिव तामाङ सुटर भएको प्रहरीले बताएको छ ।

यस्तै हत्यामा संलग्न भएको आरोपमा भारत, विहारका मुकेशकुमार पाण्डे, पर्साका शिवजी महतो र सन्तोष गुरुङ र काठमाडौंका प्रकाश बुढाथोकी पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार पाण्डे र महतोले हतियार व्यवस्थपनको काम गरेका थिए भने गुरुङले हत्यामा प्रयोग भएको मोटरसाइकल जोहो गरेका थिए । बुढाथोकी भने समिरका सहयोगी हुन् ।

हत्यामा संलग्न समिरमान र मनोजसँगै लोप्साङ, बोका भन्ने गंगा लिङ्देन लिम्बु, श्यामबहादुर गुम्बे, काले दाइ भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा फरार छन् । उनीहरुको खोजी भइरहेको छ ।

उद्योगी व्यवसायी गौचनको २३ असोजमा खरिबोटमा दिउँसै गोली हानेर हत्या भएको थियो ।

२०७४ कार्तिक २८ गते १६:१३ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२ प्रतिकृयाहरू प्राप्त
  • बुनु कोइराला लेख्नुहुन्छ    |   २०७४ कार्तिक २८ गते १७:५३

    कहिँ नभएको जात्रा हाँडीगाउँमा भनेको येही हो। हाम्रो देशमा मात्र येस्तो नाटक हुन्छ। सार्वजनिक हुदा मास्क लगाएर मुख लुकाउन पाउनु अपराधीको मानव अधिकारको कुरा हो भने मान्छे मार्न पाउनु पनि मानव अधिकार भनेर राख्दे भइहाल्यो नी। किन विचराहरुलाई पक्रेर दुख दिईराको ? अनि यो अपराधीलाई सार्वजनिक गर्ने नाटक चै किन गरिरा police ले ? जब जनतालाई अपराधीको मुखनै देखाउनु छैन भने ?

    19
    0
    Share

  • Arun लेख्नुहुन्छ    |   २०७४ कार्तिक २८ गते १८:२४

    Sachi yo media haru le kina aparadhi haruko mukh lukaidinxan? aakhir name padera matrai k thaha hunxa hamilai yedi face dekhiyena vane ? Kina yesari hami sarba sadharan ko aankha ma charo dhulo lagaidiyera aparadhi pahichan garaunu bata banchit garauxan??. yedi published nai garne ho vane open face usko bio data sahit media ma utarnu paryo!
    Nepal police lai dherai dhanyabad aparadhi lai umkina nadiyeko ma!! aba next step k ta ? ki pakdera dharauti maa choddine ho ? aasa garau yesko finalize chadai hos ani matrai Gauchan ji ko aatma le santi paune chha!

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this