Comments Add Comment

उत्तरी गोरखाको ३१ केन्द्र होलिकोप्टरद्वारा मतदान सामाग्री लगिने

३ मंसिर, गोरखा । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उत्तरी गोरखाको ३१ मतदान केन्द्रमा होलिकोप्टरद्वारा मतदान सामाग्री लगिने भएको छ ।

चुमनुव्री गाउँपालिकको २० र धार्चे गाउँपालिकाको ११ मतदान स्थलमा सामाग्री लैजान हेलिकोप्टर प्रयोग गर्न लागिएको हो ।

‘चुमनुव्री गाउँपालिकाको सामागाउँ, नाम्रुङ, छेकम्पार र फिलिममा हेलिकोप्टरले मतदान सामाग्री पुर्‍याउँछ,’ जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले भने, ‘त्यहाँबाट मतदान अधिकृतहरुले सम्बन्धित गाउँपालिकाको सबै स्थलसम्म लैजानुहुन्छ ।’

त्यस्तै धार्चे गाउँपालिकाको माछिखोला र खोर्लावेशीमा हेलिकोप्टरले मतदान सामाग्री पुर्‍याउने र त्यहाबाट अन्य मतदान स्थलमा पुर्‍याइने निर्वाचन कार्यालयले जनाएको छ । भौगोलिक बिकटताका कारण सडक सञ्जाल नजोडिएको हुँदा उत्तरी क्षेत्रमा मतदान सामाग्री लैजान निर्वाचन आयोगसँग हेलिकोप्टर माग गरिएको थियो ।

आयोगले हेलिकोप्टर प्रयोग गर्न शनिवार नै निर्णय गरिसकेको निर्वाचन कार्यालय गोरखाले जनाएको छ । मंसिर ७ गते भित्र सबै मतदान स्थलमा मतदान सामाग्री पुग्ने गरी ढुवानी व्यवस्था मिलाइएको सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment