५ मंसिर, काठमाडौं । नेकपा मसालका महामन्त्री एवं पुराना कम्युनिष्ट नेता मोहनविक्रम सिंहले प्रकाश दाहालको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन् ।
सिंहले विज्ञप्ति जारी गरेर दाहालको निधनमा शोक प्रकट गरेका हुन् । उनको निधनमा नेकपा मसाल पार्टीले श्रद्धाञ्जली प्रकट गरेको सिंहले बताएका छन् ।
सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जुन प्रकारको अवस्थामा उहाँको निधन भयो, त्यो कैयौं गुणा बढी हृदयविदारक छ, हृदयाघात भइसकेपछि कोठामा उहाँलाई मद्दत गर्ने कोही पनि भएन । उहाँ चितवनबाट नै अस्वस्थ भएर काठमाडौं आउनुभएको थियो । राजधानीमा सबै साधनहरु वा सहायताका अवसरहरु हुँदाहुँदै पनि जसरी विनाउपचार नै उहाँको मृत्यु भयो, त्यो धेरै पीडादायक छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4