Comments Add Comment

पटकथाको वर्कशपका लागि अन्जुम राजाबली नेपाल आउने


बलिउडका चर्चित चलचित्र लेखक अन्जुम राजाबली २ दिने पटकथा लेखन सम्बन्धी वर्कशपका लागि नेपाल आउने भएका छन् । कान्तिपुर फिल्म एकेडेमीको निमन्त्रणामा आयोजना हुन लागेको यो कार्यक्रममा राजाबलीले पटकथाकको बिषयमा जानकारी दिनेछन् ।

पर्यटन बोर्डको हलमा यो कार्यक्रम आयोजना हुनेछ । एकेडेमीका कार्यकारी अधिकृत प्रकाश पुरीले राजाबलीले डिसेम्बरको १४ र १५ गते पटकथा सम्बन्धि प्रशिक्षण दिने जानकारी गराए ।

‘विगत एक वर्षदेखि हामी राजाबलीको समयको पर्खाइमा थियौं । अन्ततः उहाँले दुई दिनका लागि प्रशिक्षण दिने समय मिलाउनु भएको छ । यसले पटकथा लेखनमा रुचि राख्ने धेरैलाई फाइदा हुने विश्वास लिएका छौं,’ पुरीले भने । २० बर्षदेखि बलिउडका थुप्रै चलचित्रमा राजाबलीले पटकथा लेखिरहेका छन् ।

गोविन्द निहलानी निर्देशित चलचित्र ‘द्रोहकाल’मा सहायक लेखकको रुपमा लेखन थालेका राजाबलीले प्रकाश झा निर्देशित फिल्म ‘राजनीति’, ‘सत्याग्रह’, ‘आरक्षण’, ‘चक्रब्युह’सँगै ‘पुकार’, ‘कच्चे धागे’ जस्ता चलचित्रमा पटकथा लेखन गरेका छन् ।

राजाबली सुभाष घईको फिल्म स्कुल र पुना फिल्म कलेजमा पनि पटकथा लेखन पढाउँछन् । दुई दिन प्रशिक्षणका समयमा उनले कथा चयनदेखि कथाको विकासक्रमका विभिन्न चरणको बारेमा जानकारी दिने प्रकाशले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment