Comments Add Comment

रामेछापको बेथानमा निषेधित क्षेत्र फुकुवा

६ मंसिर,रामेछाप । रामेछापको स्थानीय प्रशासनले सुनापती गाउँपालिका वडा नम्बर ४ बेथानलाई गरेको निषेधित क्षेत्र घोषणा फिर्ता लिएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बुधबार मध्यान्ह १२ बजेदखि लागू हुने गरी निषेधित क्षेत्र घोषणा फिर्ता लिएको हो । बाम गठबन्धन र नेपाली कांग्रेसबीचको टकरावका कारण हुन सक्ने अप्रीय घटनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले बेथानलाई सोमबार साँझ निषेधित क्षेत्र घोषणा गरेको थियो ।

आफूहरुको कार्यक्रमलाई लक्षित गरी प्रशासनले बेथानलाई निषेधित क्षेत्र घोषणा गरेको भन्दै बाम गठबन्धनले मंगलवार जिल्लाको ६३ भन्दा बढी स्थानमा विरोधसभा गरी निर्णय फिर्ता लिन दवाव दिएपछि जिल्ला सुरक्षा समिति आफ्नो निर्णयबाट पछि हटेको हो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामेछानेले जिल्ला सुरक्षा समितिको बैठकले निषेधित क्षेत्र घोषणा फुकुवा गरिएको बताए ।

किन गरियो बेथानलाई निषेधित क्षेत्र घोषणा

हिंसात्मक घटनालाई मध्यनजर गरी जिल्लाको सुरक्षा समितिले सोमबार रामेछापको सुनापती गाउँपालिका वडा नम्बर ४ बेथानलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । बेथानमा मंगलबार संयुक्त बाम गठबन्धनले आयोजना गर्ने चुनावी सभामा हिंसात्मक घटना हुन सक्ने भन्दै उक्त स्थानलाई सुरक्षा समितिको पहिलो निर्णयले दंगाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

शान्ति सुरक्षामा खलल पर्ने अवस्था देखिएकोले बेथानलाइ अर्को आदेश नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरीएको प्रशासनले जनाएको थियो । प्रशासनले बेथानमा वाम गठवन्धनले आयोजना गर्ने भनिएको पूर्व निर्धारीत कार्यक्रम गर्न नदिएपछि त्यसको विरोधमा बाम गठबन्धनले मंगलबार जिल्लाको ६३ स्थानमा चेतावनी मूलक विरोधसभा गरेका थिए । सदरमुकाम मन्थलीको देवकोटा चोकमै आयोजना गरेको सभामा नेताहरुले जिल्ला प्रशासन र कर्मचारीहरुको नामै लिएर शक्तिको दुरुपयोग गरेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment