Comments Add Comment

ओखलढुंगामा कांग्रेस-बाम गठबन्धनबीच कुटाकुट, ३ घाइते

७ मंसिर, ओखलढुंगा । नेपाली कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा ३ जना घाइते भएका छन् । चम्पादेवी गाउँपालिका ९ विलन्दुमा दोहोरो झडप भएको हो ।

झडपमा परी काग्रेसका दुई र एमालेका एक जना कार्यकर्ता जना कार्यकर्ता घाइते भएका छन् ।

जिल्लाको चम्पादेबी गाउपाँलिका ९ बिलन्दुमा गएराति झडप हुँदा नेपाली काग्रेसका कार्यकर्ता उत्तम कार्की र दुर्गा श्रेष्ठ घाईते भएका थिए । झडपमा परि घाइते भएका दुई जना को हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं लगिएको छ ।

कांग्रेस कार्यकर्ताको टाउकोमा चोट लागेको र काठमाण्डौ स्थित टिचिङ अस्पतालमा उपचार भैरहेका ओखलढुंगाका प्रहरी प्रमुख डिएसपी अर्जुन तिमिल्सिनाले बताए । रातको समयमा अचानक दुई समुहबिच जम्काभेट हुदाँ झडप भएको हुन सक्ने प्रहरी प्रमुख तिमिल्सिनाको भनाई छ ।

सोही घटनाको प्रतिशोध लिएर विहीबार दिउँसो कांग्रेस नेता तथा कार्यकर्ताहरुले वाम गठबन्धनका ४० वर्षीय काजी सार्कीलाई घरमै गएर आक्रमण गरेका थिए । उनी गम्भीर घाइते भएको गठबन्धनका नेता सुरेश थापाले बताए ।

वाम गठबन्धनले चम्पादेवी गाउँपालिकाका प्रमुख नबराज केशीको नेतृत्वमा आक्रमण गरेपछि प्रतिकार गरेको जनाएको छ । गठबनधनका नेता विनोद सुनुवारले गाउँपालिका प्रमुख नबराज केशीले नै घरमा बसेका व्यक्तिलाई कुटपीट गरेको आरोप लगाए ।

घटनाबारे बुझ्न टेलिफोन गर्दा गाउँपालिका प्रमुख केशीको फोन दिनभरी लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment